इपिएस रोस्टर ६ महिना थपिने, अव छिट्टै कोरिया खुल्दै

8624

इपिएस अन्तर्गत रोस्टरमा २ बर्ष अवधि सकिन लागेको श्रमिकको समय अवधी ६ महिना थपिने भएको छ ।

आज प्रवासी श्रमिक युनियन (एमटियु) र केसीटियुले रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक बिभाग डाइरेक्टर लगायतसग कोरियामा इपिएस अन्गर्गतको प्रवासी श्रमिक अवस्था (ल्याउने ,संचालन), कोरोना १९ महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो।

छलफलमा एमटीयोले कोरिया आउन रोकिएको प्रवासी श्रमिकलाई चाडो ल्याउने ब्यबस्था गर्नु पर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको २ बर्ष अवधि सकिन लागेको श्रमिकको समय अवधी थप्नु पर्ने, श्रमिक बिदामा गएको समयमा साहुले सम्झौता रद्द गर्न नपाउने गर्नु पर्ने ,श्रमिकलाई गरिने शोषण रोक्नु पर्ने लगायतको कुरामा जोड दिएको थियो।

मन्त्रालयको अधिकारीले कोरोना १९ माहामारीको कारण गत मार्च महिनादेखि नया प्रवासी श्रमिक लान बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन शुरु गरिएको छ । अव छिट्टै नेपाल लगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने छ। अवधि सकिन लागेको श्रमिकको ६ महिना समय अवधि थप गरिने कुरा बताएको छ। २०२० को ५६ हजार कोटा मध्ये ३३,१००(५९.१%) अनुमति पत्र जारी गरिएको थियो भने अक्टोबर सम्ममा ६,०७४ जना मात्र प्रवेश गरेको छन।

प्रतिक्रियाहरू