एनआरएनए कोरियाले नेपालमा तत्काल लगानीको अवसर बारे सम्मेलन गर्ने

599

गैरआवासीय  नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)दक्षिण कोरियाले आगामी आइतबार डिसेम्बर १३ तारिख नेपालमा लगानी, आत्मसम्मान छिटो र दीगो आमदानी  विषयक  एक दिने अनलाईन सम्मेलन आयोजना गर्ने भएका छन् ।

सम्मेलनमा प्रमुख वक्ताको रुपमा एनआरएनएका संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो , वर्तमान अध्यक्ष कुमार पन्त र उपाध्यक्ष डा। बद्री केसी प्रमुख वक्ताको रुपमा रहने छन् । साथै एनआरएनका युवा उद्यमीहरुसंग अन्तरकृया पनि  गर्न सकिने छ । एनआरएनए इन्भेष्टमेन्टका सिइओ अनलराज भट्टराई लगायत पर्यटनविद् विष्णुप्रसाद कँडेल र कृषिविज्ञ अरूण खनाल लगायत वक्ताहरु रहने छन् ।

कोरियामा रहेका युवाहरूलाई नेपालमा विभिन्न क्षेत्रहरू९कृषि, पर्यटन, हाइड्रो, रिसोर्ट आदि०मा नयाँ व्यवसाय सञ्चालन गर्न र सञ्चालनमा आइरहेका व्यवसायहरूमा लगानी गराउन उत्प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी गराए ।

सम्मेलनमा वर्तमान अवस्थामा नेपालको कुन कुन क्षेत्रमा कसरी तत्काल लगानी गर्न सकिने बारे पहिचान सहित जानकारी दिइने छन् । साथै लगानी बारे सरकारको वर्तमान नीति नियम र लगानीको सुरक्षीत व्यवस्था बारे स्पष्ट गराइने  छ । साथैअभियानमा जोडिनु भएका युवा उधमीहरूसंग अन्तरक्रिया गर्न सकिने छ ।

कार्यक्रम कोरियन समय अनुसार दिनको ३ बजेबाट अनलाईन माध्यम जुमबाट शुरुवात गरिनेछ । जुमको आइडी र पासवर्ड शनिबार बेलुका एनआरएनए कोरियाको फेसबुक पेजबाट सार्वजनिक गरिने छ ।

प्रतिक्रियाहरू