कोरियामा मंगलबार यो बर्षकै चिसो दीन , तापक्रम घटेर माइनस २३डिग्री सम्म पुग्यो

4057

दक्षिण कोरियामा मंगलवार  तापक्रम घटेर माइनस २३ डिग्री सेल्सियस सम्म पुगेको छ l  कोरिया मौसम बिज्ञान विभागका अनुसार उक्त तापक्रम संगै  आजको दीन   यो बर्षकै सबैभन्दा चिसो दीन बनेको छ l

बिसेषगरि खाङ्वन प्रान्तका  उच्च पहाडी स्थानहरुमा तापक्रम माइनस २० देखि २३ डिग्री पुगेको छ l त्यसैगरी जेजु प्रान्तका पहाडी स्थानहरुमा पनि तापक्रम माइनस २० भन्दा माथि पुगेको मौसम विभागले जनाएको छ l कोरियाको दक्षिणी टापु जेजुको होंगचेवनमा सबैभन्दा बढी माइनस २३.५ डिग्री तापक्रम पुगेको छ  भने खाङ्वन प्रान्तको  प्याङ्गचाङमा बिहान ६ बजे  माइनस २२.७ पुगेको थियो l

राजधानी सियोल तथा आसपासका क्षेत्रमा तापक्रम माइनस ११ डिग्री सम्म झरेको छ l त्यस्तै दक्षिणी क्षेत्र बुसान ,थेगु, ख्वाङ्जु  लगाएतका स्थानहरुमा माइनस ५ देखि ६.८ डिग्री सम्म झरेको छ l

कोरियामा गत आइतबार देखि अत्यधिक चिसो मौसम शुरु भएको छ l चिसो मौसम बढे संगै रुखाखोकी तथा मौसमी फ्लूका बिरामी समेत बढेको स्वस्थ विभागले जनाएको छ l त्यस्तै पछिल्लो केहि साता देखि कोरोना भाइरसको प्रकोप  पनि अत्यधिक रुपमा   बढेको छ l

प्रतिक्रियाहरू