जनवरीको अन्त्यदेखि कोरोना विरुद्व खोप लगाउने दक्षिण कोरियाको तयारि

1223

दक्षिण कोरियामा तेस्रो लहरको कोरोना संक्रमण फैलिरहेको बेला सरकारले यहि जनवरीको अन्त्य देखि कोरोना विरुद्व खोप लगाउने तयारि गरेको छ l सरकारी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा काम गर्ने स्वस्थ्यकर्मिहरुमा खोप दीइने छ l

कोरियाले आपतकालीन प्रयोगको निमित प्रारम्भिक आपूर्ति स्वरूप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बिकास गरेको २५ मिलियन डोज खोप प्राप्त गर्नेछ l हाल कोरिया उक्त खोपको अन्तिम स्वीकृतिको  पर्खाइमा रहेको संचार माध्यम कोरिया टाइम्सले उल्लेख गरेको छ l

“सरकारी अधिकारीहरू निरन्तर  खोपमा काम गरिरहेका छन्। म भन्छु कि बेलायतमा  आधारित समूहको खोपको बारेमा केही चिन्ता हुँदाहुँदै पनि देशले सुरक्षित गरेको खुराकको मात्राको आधारमा यो प्रक्रिया जनवरीको अन्तदेखि सुरु हुन सक्छ,” एक सरकारी अधिकारीले भने l

आइतबार  बिहान प्रधानमन्त्री चुंग सिए-कुनले स्थानीय टेलिभिजन कार्यक्रम  केबीएससँगको एक अन्तर्वार्तामा भने कि पहिलो क्वाटरमा एस्ट्राजेनेकाले निर्माण गरेको  खोप लगाएर खोप कार्यक्रम सुरु हुनेछ, फाइजर र जान्सेनले विकास गरेका खोपहरु हाललाई  उपलब्ध हुँदैनन् किनकि यसको कुनै “मात्रा ग्यारेन्टी” अझै उपलब्ध हुन सकेको छैन l

दक्षिण कोरियामा गएको एक हप्ता देखि दैनिक संक्रमितको संख्या १ हजार नाघ्दै आइरहेको छ lआइतबार  १०९७ जना नयाँ संक्रमित थपिए संगै कुल संक्रमितको संख्या ४९ हजार ६ सय ६५ पुगेको छ l

प्रतिक्रियाहरू