कोरियामा कोभिडको तेस्रो महामारी : ४ जना भन्दा धेरै भेला हुन नपाइने

3874

दक्षिण कोरियामा कोभिड-१९ ले थप महामारीको रुप  लिन थालेपछि सरकारले सामाजिक दुरीलाई थप कडा पार्ने भएको छ  l

आउदै गरेको क्रिसमस पर्व तथा नया बर्षको जमघटहरुलाई मध्येनजर गर्दै सरकारले यहि बुधबार देखि लागु हुनेगरी ४ जना भन्दा धेरै मानिस भेला भै जमघट गर्न मनाइ गरेको छ l त्यसैगरी बिहिबार देखि देशै भर उक्त नियम लागु हुने बताएको छ l
पछिल्लो पटक कोभिडको अत्यधिक प्रभाब रहेका स्थानहरु सियोल , ख्याङ्गिदो तथा इन्छन क्षेत्रमा थप कडाइका उक्त नियम लागु गरेको बताएको छ l उक्त नियम जनवरी ३ सम्म लागु हुने छ l

दक्षिण कोरियामा बिगत १ हप्ता देखि लगातार दैनिक संक्रमितको संख्या १ हजार नाघ्न थालेपछि अस्पतालहरुमा बेडको समेत अभाब हुन थालेको छ l सरकारले  नियन्त्रण स्वरूप सामाजिक दुरीलाई थप कडा पार्दै आइरहेको छ l

त्यसैगरी यहि जनवरीको अन्त्य देखि कोरोना बिरुद्वको खोप लगाउने तयारि समेत गरेको छ l पहिलो चरणमा फ्रन्ट लाइनमा कामगर्ने स्वास्थ्यकर्मीलाई उक्त खोप दीइने बताएको छ (योंघाप)

प्रतिक्रियाहरू