कोरियाबाट शव्दचित्रमा नॅागडॅाडा

1008

म अैले पुर्वि एसियाको टापुदेस दक्षिणकोरियामा छु।डिसम्वरको माईनस १९ डिग्री तापक्रम छ।म्यारी कृसमस पनि हो आज।बाहिर फुसफुस हिॅउ परिरहेको छ।कृसमस ट्रि भनेर गेटमा रुख सजाईएको छ।मेरो तन यॅाहा छ।जननी जन्मभुमिश्च्य स्वर्गदपि गरिएसी भनिए झै मन त जन्मभुमिमै पो रहेछ।मैले आज मेरो प्यारो नॅागडॅाडालाई मनमा सजाएको छु।कठाङरीएर अरु केहि नसमाउनि मेरा यि औलाहरुले किन यि अक्षर कोरिरहेको छन?ॲाफैभित्र प्रश्न उठिरहेको छ।परदेसमा हॅुदा आफ्नो गॅाउ ठॅाउको संझानाले झन सताउॅछ।बाहिरी ॲाखाले नागडॅाडा नहेरीकनै भित्रि मनको ॲाखाले लेखेको छु।ज्यान टाढा भएनि मॅया गाढा रहेछ।म मेरो गॅाउठॅाउ नागडॅाडाको शव्द चित्र हजुरहरुलाई जानाकारी गराउॅछु।

तॅपाई अहिले पोखरा देखि २३ किमि पश्चिम समुन्द्री सतहबाट १४सय४३ मिटरको उचाईको नागडॅाडामा हुनुहुन्छ।पोखरा पुगेर पनि रमणिय नागडॅाडा जानु भएन भने संझनुहोस तॅपाईको यात्रा अधुरो भयो।जनबोलीमा नागडॅाडालाई नौडॅाडा पनि भनिन्छ।नझुक्किनुहोस !यो कास्कि नौडॅाडा हो।नाग आकारको अग्लो डॅाडा भएकोले नागडॅाडा भएको हुन सक्ने कुरा भुगर्वबिद डा.हर्क गुरुङले लेख्नु भएको छ।२०३३साल अघि फल्लापानी देखि चुहुनी पहरा सम्मको भुभागलाई नॅागडॅाडा पन्चायत भनिन्थ्यो र अन्तिम प्रधानपंच धर्मदत्त भण्डारी हुन।खासमा पुर्वमा देउरालीडॅाडा पश्चिममा दिपको डॅाडाको बिचको १ किलोमिटर भुभाग नै वास्तविक नॅागडाडा हो।अईले यो अन्नपुर्ण गॅाउपालिका वडा नंवर १र २मा पर्दछ।

नागडॅाडाको बिशेष आकर्षण भनेको  अन्नपुरण माछापुच्छ्रे हिमशृखलाको दृश्यावलोकन हो।एकै ठॅाउमा उभिएर ॲाखै अगाडिको हिमाल र फेवातालको दृश्यावलोकन अन्यत्रबाट एति सजिलै देखिदैन। पोखराबाट एउटा चुच्चो देखिएको माछापुच्छ्रे हिमाल यॅहाबाट ठ्याक्कै माछाको पुच्छर जस्तै दुईटा चुच्चो देखेर  पर्यटक दंङ्ग पर्छन।

मुहान देखि फेवाताल जलाधारको दृश्यावलोकनको लागि समेत नागडॅाडा प्रख्यात छ।फेवातालमा डुङ्गा सयर गरेपछि तॅपाईको मनमा फेवाताल कसरी बनेको होला भन्ने खुल्दुल्ली ॲाउछ/त्यो खुल्दुल्ली मेटाउन पनि तॅपाई नागडॅाडा नआई सुखै छैन।संसारकै लोकप्रिय अन्नपुरण पदमार्ग प्रवेसद्वार मात्रै नभएर धार्मिक तथा रमणिय पञ्चासे पंचधामको पनि प्रवेसद्वार हो।यॅाहाबाट पञ्चासे फेवाताल क्षेत्रका भदौरे तामागि,चापाकोट,पाउदुरकोट,धम्पुस,कास्किकोट,सराङकोट,धिताल र पोखरा बजार सम्मका मानव बस्तिहरु समेत स्पष्ट देख्न सकिन्छ।

नॅागडॅाडालाई कसैले स्वर्गकि परी भन्छन त कसैले पहाडकि रानीको उपमा दिन्छन।नेपालको चेरापुन्जीको छेउमा रहेकोले यॅाहाको मौसम छिन छिनमा परिबर्तन भैरहेको हुन्छ।बिहान फेवाताल माथि लम्पसार सुतेको तेहि बादलुको घुम्टोले माछापुच्छ्रेलाई घप्लक्कै ॲगालो हालिदिन सक्छ।फेरी तेहि बादल बाक्लो कुहिरो बनेर नॅागडाडामा दिउॅसै बत्ति बाल्नु पर्ने भईदिन्छ।माछापुच्छ्रे र फेवातालको लुकामारी प्रेमको किनाराको सॅाचि नॅागडाडा भै दिन्छ।यहि प्राकृतिको फरक फरक स्वाद क्यामरामा कैद गर्नकालागि पर्यटकहरुले भरिभराउ हुन्छ।

२०४८साल अगाडि नॅागडाडा अझ चम्केको थियो।नॅागडॅाडाका होटलमा बास पाउन मात्र होईन डॅाडामा पाल टॅागेर क्याम्प फायर गर्न पनि अग्रिम बुकिङ गर्नु पर्थ्यो।घोडा खच्चडको टिङटिङ आवाजले नागडाडा राती ३/४ बजे नै ब्यॅुझन्थ्यो।यि त एकादेसका कथा भए।राजमार्ग बनेपछि पर्यटन धारासायि भयो।

भुगोल सॅाघुरो छ तर ख्याती फराकिलो र गर्व  गर्न लाएक छ।साहित्य कला सिर्जनामा अव्वल छ।प्राज्ञ सरुभक्तले यसैको सेरोफेरोमा पागल बस्ती लेखे जस्ले मदन पुरस्कार पायो।दर्जनौ कलाकारले रचना गरेका गितमा यसको सुन्दरताको बर्णन गरेका छन।नेपाली कथानक चलचित्रहरुमा यॅाहको दृश्य प्राय नछुट्ने गरेकोछ।

नागडॅाडाको परिचयमा छुटाउनै नहुनी भनेको यॅहाका नौमति बाजा हुन।उपल्ला थोक तल्लाथोक दुई बाजा समुहले परम्परगत मात्रै नभई आधुनिक लोकभाका समेत बजाउॅछन।फरक स्वादको भोटेसाल,पर्वते ख्याली,हर्ष बढॅाई मुख्य हुन।पञ्चेबाजा कास्किमै उत्कृष्ट भएकोले प्राय जिल्लामा हुने कार्यक्रममा सहभागिता हुने गर्दछ।नॅया पुस्ताले समेत रुचि राखेको र स्थानिय सरकारको साथ पाएकोले नागडॅाडाका नौमति बाजाले चिरकाल सम्म लोकभाका गित संगितको गर्विलो ईतिहास कायम राख्ने बिश्वास राख्न सकिन्छ।

नागडॅाडले स्वरुप बदल्यो।फेरी तङरिने प्रयासमा छ।नॅागडाडाको दुध पर्खेर पोखरा बसेको हुन्छ।भान्सामा स्थानिय काठे मार्सिको भात तरकारी पाकेको हुन्छ।पानि घट्टमामा पिनेको भदौरे कोदोको ढिडोमा लोक्कल कुखुराको झोल सॅग कुप्लुक्क निल्दा तॅपाई स्वर्गिय आनन्द महसुस गर्नुहुन्छ।पंचासे जुस भनिने लोक्कल मदिराले जिउ तताउने अनेक हाईवे रेष्टरेन्ट मात्रै छैनन हिमालयन देउराली रिसोर्ट जस्ता आधुनिक होटल पनि अईले नॅागडॅाडामा खुलेका छन।फेरी नॅागडाडा भरिभराउ छ ।गमक्क छ।

नागडॅाडलाई पोखरा जोडने पोखरा बाग्लुङ राजमार्ग मात्र होईन कास्किकोट सराङकोट हुदै बिन्धबासिनी जाने पक्कि सडक,कार्किको तहरा पामे हुदै बैदाम जानी पक्कि सडक,मालेपाटन जोडिने कृषि सडक मात्र होईन सेराचौर जाने ग्रामिण सडक,जंगल सफारीको लागि निवारे हॅदै भुरे जानी ग्रामिण सडकले समेत नॅागडाडालाई जोडेका छन।

राजा महेन्द्रकै हातले शिलान्यास भएको महेन्द्र आधारभुत बिद्यालय,भदौरे प्रहरी चौकि,ईलाका हुलाक कार्यालय लगायत बैङक र सहकारी कार्यालय,मेडिकल भएको यो ठॅाउमा अईले एक घर एक धारा, पक्कि सडक,सडक बत्ति ,ईन्टरनेट,धरहरा,यातायातको सुविधाले शहर भन्दा मॅहगो बनेको छ।नागडॅाडा देखि पॅाउदुरकोट सम्मका उच्च भुभाग लेकसाईटका अधिकांस होटलहरुले किनिसकेका छन।जग्गा किनेका व्यवसायिहरुलाई होटल खोल्नको लागि स्थानिय सरकारले वातावरण मिलाउन जरुरी छ।बेसिमा कृषि उत्पादन डॅाडामा पर्यटन झुलाउन सकेमात्र  संबृधिको सपना पुरा हुनेछ।भविष्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू