कोरियामा यो हप्ता बर्षकै अत्यधिक चिसो हुने , स्वास्थ्य सुरक्षा अपनाउन सुझाव

2977

दक्षिण कोरियामा यो हप्ताको अन्त्यतिर बर्षकै सबैभन्दा चिसो मौसम रहने कोरिया मौसम बिज्ञान विभागले अनुमान गरेको छ l
कोरिया मेट्रोलोजीकल एड्मिनिस्ट्रेसन (केएमए ) का अनुसार यो हप्ता बिहिबार देखि शनिवार सम्म तापक्रम घटेर माइनस २३ सम्म पुग्नेछ l उक्त अबधिमा राजधानी सिओलको तापक्रम माइनस २० सम्म पुग्ने बताएको छ  lखाङ्वन्दो  प्रान्तका छुन्चेवन लगाएत  बिभिन्न क्षेत्रमा माइनस २३ डिग्री सम्म पुग्ने  छ l

तापक्रम अति न्यून हुने भएपछी मौसम विभागले कोल्ड वेव अलर्ट समेत जारि गरेको छ साइबेरियन चिसो हावाका कारण उक्त अबधिभर तापक्रम अति न्यून रहने कारण स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिइएको छ l

आगामी शुक्रबार राजधानी सिओल तथा आसपासका क्षेत्रमा  तापक्रम माइनस १७ देखि २० सम्म  मापन गरिने छ भने खाङ्वन्दो  प्रान्तका छुन्चेवन क्षेत्रको तापक्रम माइनस २३ सम्म मापन हुनेछ l त्यसैगरी सेजोंग को तापक्रम माइनस १८ पुग्ने छ भने जिन्जुको तापक्रम घटेर माइनस १४ सम्म पुग्ने बताएको छ l

आगामी बिहिबार राजधानी सिओल तथा देशका अधिकांस स्थानहरुमा बाक्लो हिउँ पर्ने समेत मौसम विभागले पुर्व अनुमान गरेको छ l तापक्रम अत्यधिक घट्ने क्रम  आगामी मंगलवार सम्म रहने छ भने बुधबार देखि क्रमस  परिबर्तन हुने जनाएको छ l

प्रतिक्रियाहरू