अबको नेतृत्व कांग्रेसले गर्नु पर्छ

751

नेपालको प्रजातान्त्रिक वहाली वा पुनर्वहालीमा  कांग्रेसको नेतृत्वदायी सारगर्भित भूमिका विस्मरण गर्नै  किमार्थ सकिन्न ,हुन्न पनि |सिधा अर्थमा भन्नु पर्दा नेपाल भएका  हालपर्यन्त राजनैतिक क्रान्तिको नेतृत्व कांगेसले गरेको यथार्त हो ,अर्को यथार्त प्रजातान्त्रिक पद्वती अनुरुप सत्तामा लामो समया र धेरै पटक बस्ने पार्टी पनि नोपाली कांग्रेसनै हो |सत्तामा रहदा कांग्रेस ले राम्रो गर्यो या गरेंन त्यसको मुल्यांकन अलग होला अपितु जनताको भावना अनुरुप वा जनताको मुद्दा उठान गर्न आन्दोलनको आदिबेरी ल्याउन सक्ने लुर भने कांग्रेसमै देखियो(स्रोत :-ईतिहास) |
कोतपर्व मच्चाएर जहानिया एकतन्त्रीय राणा सासनको सुरुवाद गर्ने जंग बहादुरको निरंकुश सत्ताको विरोधमा बि स् १९२७ पहिलो पटक आवाज उठाउने ब्याक्ति थिए  लक्ष्मण थापा  (लखन थापा )|यो नै नेपालको पहिलो जनस्तरबाट  प्रजातन्त्रको स्थापनाको निमित्त उठेको पहिलो आवाज थियो |यो आवाजले क्रान्तिको रुप नपाउदै १९३३ मा रुखमा लटकिनु पर्यो |निरंकुस राणा सासनको विरुद्द अनि प्रजातन्त्रको वहालीको निम्ति लामो समय पछी पुन; बि स् १९९३ मा टंक प्रसाद आचार्यको नेतृत्व ,गंगालाल श्रेष्ठ ,दशरथ चन्द ,धर्मभक्त माथेमा ,शुक्रराज शास्त्री,गणेशमान सिङ्ग  लगायतका समुहको अगुवाइमा एउटा संगठन बन्यो नेपाल प्रजा परिषद |केहिबर्ष पछी तत्कालिन प्रम जुद्द सम्सेसले प्रजा परिसदका अगुवा हरुलाई मृत्यु दण्ड दिए,समूह तितिरबितिर भयो |त्यसको निष्पादपछी प्रजा परिसद विगठन |राणाको बर्बर निरंकुसको अगाडी यी दुवै प्रयास विफल भयो |राणाको तानाशाह र एकतन्त्रीय सासनको बिरुद्द चुइक्क गर्नु ज्यान गुमाउनु बराबर थियो यद्वपी राणाको तानासाह अन्त्य गरि प्रजातन्त्र स्थापित गराउन क्रान्तिको भ्रुण र आन्दोनलको कोखबाट राणाको खतराको घन्टीको रुपमा जन्मियो  बि स् २००३ सालमा नेपालि कांग्रेसले(रास्ट्रीय कांग्रेस) |२००४ सालको बिराटनगरको जुटमिलबाट मजदुर आन्दोलानको नेतृत्व आरम्भ गरेको कांग्रेसले जहानिय राणा सासन धपाई प्रजातन्त्र स्थापित गरिछाड्यो |प्रजातन्त्र वहालीको निम्ति  मात्र हैन २०१७ सालमा प्रजातन्त्र अपहरण पश्चात जनताको अधिकार खोस्ने सासक माथि जाइलागीनै रह्यो०१८ र ०३० साल मा बम प्रहार गरेर | ०४६ सालको आल्दोलनको आधिबेरीले निर्दलीय पंचायत ढल्यो |गणतन्त्रको पक्षमा आधिकारिक निर्णय गरि गणतन्त्र जन्मने बाटोको मुख कांग्रेसले नै खोल्यो| अन्तत ०६२/०६३ को जनआन्दोलन अगुवाई गर्दै गणतन्त्र स्थापना गरि छाड्यो |लोकतन्त्र खतरामा पर्दैगर्दा हरेक पटक आन्दोलन नेतृत्व गर्ने कांग्रेस यस पटक किन सकेन नेतृत्व गर्न ?के नेतृत्व गर्ने सामर्थ्य स्खलित भएकै हो ?के को लालच  जाग्यो?कि हिजोको कांगेसको लुर मा खिया लाग्यो??कतै कसैको अधिनस्थमा त परेको छैन कांग्रेस?

एउटा संकी सासकले आज नेकाकै नेतृत्व रहदा निर्माण सम्मपन्न भएको संविधान कुल्चदै गर्दा कांग्रेसको  बेमेल विरोध मात्र किन ?०६२/०६३ को जनकान्त्री बाट स्थापित उपलब्धिहरु उखुको बासुरी हैन आफ्नो हितमा भए बजाउने वेहित भए चपाईदिने| फेरी बेला आएको छ कांग्रेसले पुन एकपटक संयुक्त आन्दोलनको नेतृत्व गरि लोकतन्त्र र संविधानको रक्षा गर्ने || यो इतिहास रच्ने अवसर हो कांग्रेसको |

प्रतिक्रियाहरू