भ्रष्ट्राचारको अभियोगमा कोरियाली पुर्व राष्ट्रपतिलाइ २० बर्षको जेल सजाय

572

भ्रष्ट्राचार तथा पदीय दुरुपयोग अभियोगमा दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेलाई  त्यहाँको   उच्च अदालतले २० वर्षका लागि जेल सजाय सुनाएको छ । भ्रष्टाचारको अभियोग लागेसँगै सन् २०१७ देखि नै जेलमा रहदै आएकी उनलाई बिहिबार उच्च अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै १८ बिलियन वन जरिवाना सहित उक्त सजाय सुनाएको हो l
समाचार एजेन्सी योंघापका अनुसार सन् २०१३ देखि १७ सम्म कोरियाली राष्ट्रपति रहेकी पार्कलाइ आफ्नो साथी चोइ सुन सिललाई ७७.४ मिलियन वन चोइ फाउन्डेसनमा दिन कोरियाली ठूला कम्पनीहरुलाई बाध्य पारिएको अभियोग छ । त्यसैगरी बिभिन्न बिदेशी कम्पनीहरुबाट समेत घुस लिएको समेत आरोप पुष्टि भएको छ  l

उनि कोरियाली विकासको निमित्त मुख्य भूमिका खेलेका राष्ट्रपति पार्क जङ ह्युईकी छोरी हुन् l ६८ बर्षीय पार्क  दक्षिण कोरियाली इतिहासमा पहिलो महिला राष्ट्रपति हुन् l

प्रतिक्रियाहरू