भ्रष्ट्राचारको अभियोगमा कोरियामा पुर्व राष्ट्रपति पछि सामसुङका उपाध्यक्षलाइ पनि ३० महिनाको जेल सजाय

829

दक्षिण कोरियामा भ्रष्ट्राचार अभियोगमा सामसुङ् इलेक्ट्रोनिक्स कम्पनीका उपाध्यक्ष ली जे योंग लाइ  सिओल उच्च  अदालतले साढे दुइ बर्षको जेल सजाय सुनाएको छ l

५२ बर्षिय ली लाइ  पुर्व राष्ट्रपति पार्क ग्युन हेको अनुरोधमा चोइ फाउन्डेसन लाइ २९.८ बिलियन कोरियन वोन  अर्थात २७.४ मिलियन  डलर  घुस दिएको आरोप छ l उनले त्यो भन्दा पनि अझै थप रकम दिने बाचा गरेको समेत पुष्टि भएको l

ली ले उक्त घुस दिए बापत  तात्कालिन सरकार बाट बिभिन्न तरिकाले ब्याक्तिगत लाभ लिएको आरोप छ l उनलाई उक्त आरोपमा सन् २०१७मा ५ बर्षको जेल सजाय सुनाइएको  भएतापनि १ बर्षमै पुनः जेल मुक्त भएका थिए l

कोरियामा गत हप्ता मात्र पुर्व राष्ट्रपति पार्क ग्युन हे लाइ  भ्रष्टाचार र शक्तिको दुरुपयोगको अभियोगमा  उच्च अदालतले २० बर्षको जेल सजाय सुनाएको छ l उनी संगै भ्रष्ट्राचार आरोप लागेका अन्य केहि  उच्च पदस्त ब्याक्तिहरुको  मुद्वा फैसला हुन बाकि छ l

प्रतिक्रियाहरू