दक्षिण कोरियामा बिदेशी नागरिकले समेत कोभिड-१९ खोप निशुल्क प्राप्त गर्ने

2827

दक्षिण कोरियाले आगामी महिना देखि शुरु गर्ने कोभिड -१९  खोप यहाँ बसोबास गर्ने  बिदेशी नागरिकले समेत निशुल्क प्राप्त  गर्ने भएका छन्  l

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुंग इयुन- क्यूङ्ले सोमबार पत्रकार सम्मेलनमा बोल्दै भने ” हामीले कोभिड १९ बिरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा बिदेशी नागरिकलाई निशुल्क प्रदान गर्ने छौ ”

सरकारले यस भन्दा पहिला स्वदेशी नागरिकलाई नात्र निशुल्क प्रदान गर्ने बताएको थियो l

समाचार एजेन्सी कोरिया हेराल्डका अनुसार अबैधानिक तबरले बस्ने तथा स्वास्थ  बिमा नभएका बिदेशी नागरिकलाई भने निशुल्क दिने वा नदिने वारेमा हाल सम्म  सरकारले कुनै प्रतिक्रिया दिएको छैन l

कोरियामा फेब्रुरीको को अन्त्य  वा मार्चको पहिलो सातादेखि  कोभिड बिरुद्वको खोप कार्यक्रम शुरु गर्ने तयारि हुदैछ l पहिलो चरणमा भने फ्रन्ट लाइनमा काम गर्ने स्वस्थकर्मी ,स्वयंसेवक आदिले प्राप्त गर्ने छन् l

दक्षिण कोरियामा हाल तेस्रो लहरको कोभिड संक्रमण फैलिएको छ l केहि साता देखि दैनिक १ हजारको हाराहारीमा नयाँ संक्रमित थपिने क्रम रहदै आएकोमा यो साता भने दैनिक सक्रमिताको संख्या ४ सय भन्दा कम भएको छ l

सरकारले संक्रमण थप फैलिन नदिन २.५ लेबलको सामाजीक दुरी कायम राख्दै सार्बजनिक स्थलहरुमा ४ जना भन्दा माथि भेला हुन बन्देज गरेको छ l

प्रतिक्रियाहरू