इ.पि.यस. तथा एच.आर.डि. प्रमुख लाइ अन्कुर नेपालले गरायो बिसेष ध्यानाकर्षण

1458

भर्खरै आफ्नो कार्यभार सम्हाल्नु भएका नव नियुक्त HRD KOREA नेपाल प्रमुख “किम उन डक” 김 운 덕 तथा EPS NEPAL शाखा निर्देशक ईन्द्र गौतम ज्युलाइ अन्कुर नेपालका अध्यक्ष लगाएत पदाधिकारीहरु द्वारा दुबैजना प्रमुखलाई स्वागत गर्नुका साथै सफल कार्यकालको निम्ति शुभकामना ब्यक्त गरेको छ।

साथै उहाँहरु सम्बन्धित निकाय HRD KOREA र EPS CENTER मा कोरोनाको कारण देखिएको समस्या, कोरियामा कामदार जान खुल्ने बारे प्रक्रिया , लेबर कन्ट्याक्ट आएर कोरिया जान रोकिएकाहरुको समस्या, कमिटेड कामदारहरु पुनः कोरिया पठाउने प्रक्रिया, आगामी परिक्षाको बारे, इपियस पीडितहरुको माग, इपियस सेन्टरमा देखिएका कमि कमजोरी सुधार तथा कोरिया रिटर्निहरुलाई पुनर्स्थापित गर्नको लागि सपोर्ट तथा इपियस कामदारको चासो गुनासो र समस्या समेतेर समसामयिक उत्पन्न समस्या र अन्यौलको बिषयमा छलफल केन्द्रित भएको थियो। कोरिया जान नपाएर विभिन्न समस्यामा रहेका पीडितहरुको प्रतिनिधित्व गर्दै हाल उत्पन्न समग्र समस्या बारेमा जानकारी तथा तत्काल समाधानको निम्ति अनुरोध समेत गरिएको छ।

HRD Nepal प्रमुख किम र इपियस शाखाका निर्देशक गौतमले आएको जिज्ञासा र आफ्नो जिम्मेवारी भुमिकालाइ सकारात्मक हिसाबले निर्वाह गर्ने र भएका कमि कमजोरी सुधार्दै आइपरेका समस्या हल गर्न सकारात्मक तरिकाले लागिपर्ने बताउनु भएको छ । आफ्नो तर्फबाट हुनसक्ने काम अभिलम्ब थालनी गरि सेवा साथै सुचना दिने वचनका साथै आउने दिनहरूमा अंकुर नेपालसँग सहकार्य गरी अगाडि बढ्ने कुरा पनि छ गर्नु भएको संस्थाले बताएको छ ।

प्रतिक्रियाहरू