प्रबासी नेपाली एकता मन्च कोरिया द्वारा आर्थिक सहयोग हस्तान्तरण

395

नेकपाको प्रबास संगठन प्रबासी नेपाली एकता मन्च द.कोरियाले निर्मल गुरुङ लाई उपचार सहयोग स्वरुप आठ लाख वन हस्तान्तरण गरेको छ ।

बिगत केही समय देखि मस्तिष्क पक्षघातका कारण अस्पतालमा उपचार गराइरहेका गुरुङ लाई प्रबासी नेपाली एकता मन्चले आफ्नो संगठन को तर्फबाट उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

पोखरा महानगरपालीका वडा नं २७ स्थायी घर भई दक्षिण कोरियामा कार्यरत रहेका गुरूङलाइ उपचारका लागि ठुलो धनराशि आबश्यक पर्ने जानकारी पाए पश्चात् अन्य संघ सस्था सगै प्रबासी नेपाली एकता मन्च ले पनि आफ्नो तर्फबाट सहयोग संकलन अभियान शुरु गरेको थियो ।

उक्त संकलित रकम लाई मन्च का अध्यक्ष दिलिप धितालले एक अनौपचारिक कार्यक्रम मार्फत निर्मल गुरुङ बचाउ अभियानका संयोजक खोम प्रसाद गुरुङ लाई हस्तान्तरण गरेका छन् ।साथै सिङ्गो संगठन को तर्फबाट शिघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रबासमा परेका दुख पिडामा प्रबासी नेपाली एकता मन्च सधै साथ रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू