मुक्तक / राष्ट्रिय झण्डा सल्काउने पनि देखियो

680

हिजो राष्ट्रिय झन्डा सडकमा जलाउने पनि देखियो
हिजो उत्ताउलो नाङ्गो शरिरमा सजाउने पनि देखियो
हे!सरकार कयौँ जनता चन्द्रोदय को अवसर पारेर
आज माईतिघरमन्डलामा झन्डा फहराउने पनि देखियो।

राष्ट्रको राष्ट्रियता झल्काउने  झन्डाले शरीरता झल्कायौ
सरकार!मौन बसि कुकृत काम गर्ने माहिरता पल्कायौ
तर बिडम्बना बिबादै बिबादमा निकाल्छौ जनतालाई
उच्च शिर हाम्रो देश नेपाल शानको बिरता छल्कायौ ।

प्रतिक्रियाहरू