सम्झनाको तरेलिमा पहिलो भ्यालनटाइन डे

568

सटको तल्लोभागको दुइकुना अगाडी कम्मरमा गाठो कसेर पिछाडि किताबको पोको फुलाएर अलि हतारमा स्कूल लम्कदै थिए| समय कति भाथियो म एकिन त भन्न सक्दिन , घडी लाउनु मेरोलागि एकादेशको कथा नै थियो यद्वपी फूलका पातबाट सुक्दै गरेका शितका तरेली अनि क्षितिजलाइ छिचोल्दै खुलिसकेका घामका परेली र अनुहारमा आएका छिपछिप पसिनाले स्कूलको लागि समय भइसकेको सुचित गराउदै थियो तेसैपनी दुइटा वार्ड छिचोल्नु जो पर्थो (बयरबन ६ देखि बयरबन ४ हरकपूर )|दुवै हात मुठी पारेर लामो लामो फटका मार्दै, बेलाबेला दगुर्दैपनी थिए |पछाडी बाट एक्कासि एउटा महिलाको आवाज आयो ‘ओइ फुच्चे पख ‘’ त्यो आवाजलाई त्यति वास्तै नगरी आफनै सुर पकडी रहे|आवाज झन ठूलो र चर्को पारामा आयो ‘ओइ फुच्चे पख भनेको सुनिनस ‘’अब त अडिनै पर्यो दुवै हात खोले एउटा हातले पसिना पुछ्दै अर्को हातले घामको प्रकाश छेकेर अडिए |तल्लो गाउको आन्टी रहिछन चिने मैले |आन्टी छेउमै आइन ,फरियाको गाठो खोलेर एउटा कच्याका कुचुक परेको कागज निकाल्दै थर्काइन यी चिठ्ठी कसले दियो?त कसको छोरा होस् ?मैले बुझिहाले हिजो मात्र चिठ्ठी दिएको केटीकी आमा रहिछन |डरले सातो गयो, मुटु निस्किएर हातैमा आउला झैँ धड्किदै थियो |टाउको पैतालिस डिग्रीमा झुकाएर स्वरयन्त्रमा कुनै कम्पन नल्याई सासले मात्र जवाफ दिए “कार्की को’’छोरा |रिसले चुर भएकी ति आन्टीले मेरो कान बटार्दै एउटा अंग्रेजीको शब्द प्रयोग गरिन त्यो मैले बुझिन तर उम्रिदैको तीन पात जिरे के के हो के के गालि गर्दै उठ बस गर्न लगाइन |निमठेर राता राता भएका कान बिस्तारो समाउदै तेस्तै पाच सात पटक उठबस गरे ,पिछाडीको किताबले उठ बस गर्दा निकै घोच्दै पनि थियो उठबसको गन्ति गर्न नि भ्याइन |आन्टीको पनि रिस अनि साम्य भएछ कसो चिठी मेरो हातमा थमाएर “स्कुल जा आइन्दा फेरी एस्तो हर्कत गरिस भने तेरो आमाको अगाडी पिट्छु |म चिठ्ठी मुठी पारेर पिछाडी नफर्कि स्कुल तिर दगुरे | अ साची त्यो चिठ्ठी मैले लेखेको थिइन नि मेरो त उमेरनै कहा भाथियो र चिठ्ठी लेख्ने ,गाउको राजु दाइले दिन लगाउनु भा थियो मुर्दाले पठाउनेको नाममा आफ्नो नाम नलेखी पठाएको रहेछ नत्र तिनको त झन् कान मात्र रन्किने होइन गाला नि चड्कीन्थीयो |अलि दिन पछि थाहा भयो त्यो दिन ति आन्टीले गालिगर्दै बोलेको अंग्रेजी शब्द valentine day पो रहेछ |जीवनको पहिलो यो दिवस |आज पनि यो दिवस आउदा झुक्किएर कान छाम्ने गर्छु |

उमेरले दुइबिस छुदै गर्दा प्रणय दिवसको अर्थ र बिस्मरण नै नहुने ति बिगत आज अनुपम हुदो रहेछ |ए अ साची मेरो valentine सदै अर्काको चिठी मात्र ओसारेर चाइ काटेको होइन नि |तोरीको तेलले जुल्फी फर्काइ ,निधारमा रुमालको फेटा बाधेर ,पन्द्र रुपैया पर्ने मेलामा किनेको कालो चस्मा अनि गोजीमा अर्को रुमाल आधा निकालेर हिड्दा आफुलाई हिरो वाला फिलिंग आउथ्यो |अनि यस्तो हिरोको लब नै नपर्ने कुरा हुन्छ ??फरक यतिहो कि अहिले प्रेम प्रस्ताब गर्न मोबाइलको एक एम बि डाटा काफी छ ,उ बेला फाल्गुन दुइ नै कुर्नु पर्थ्यो |त्यो पनि रगतले लेखेको प्रेम पत्र हुनु पर्थ्यो सहज र सकारात्मक उत्तर आउँन |कुन्नि कुन बेला कसैसंग मिठो सम्बन्ध त गासिएकै है इमान्दार नछोडी भन्दा खोइ त्यो माया थियो कि के थियो त्यो त थाहा छैन तर माया जस्तै मिठो थियो |आज स्मरण गर्न पनि पाप लाग्ने परिस्थिति बनेको छ त्यो मिठो पल |बसन्तको एक झोकाले हरेकलाई कसैन कसैको एउटा मिठो याद दिएर गएकै हुन्छ |ति याद हरुलाई चिर्दै हर सुख दुख मा साथ दिने श्रीमती र सन्तान संग रमाउदै बिस्वासका साथ् एक अर्कामा समाहित हुनु नै प्रणय हो वास्तविक माया हो ,हामी बिवाहित जोडिलाइ ।

प्रतिक्रियाहरू