कोरियले गर्यो अबैधानिक विदेशीले बच्चा जन्माए पनि बैधानिक मान्यता दिने तयारि

3522
NYC Artistic baby photographer, Robert Austin Fitch Photography Fine art newborn pictures in NYC, CT, New York, New Jersey

दक्षिण कोरिया सरकारले अबैधानिक बिदेशी कामदारवाट जन्मिएको बच्चालाई बैधानिक रुपमा दर्ता गर्ने तयारि गरेको छ l कोरिया भित्र जन्मिएको कुनै पनि बच्चा बाल अधिकार तथा सरकारी सुबिधा बाट बन्चित नहोस भन्ने उदेश्यले सो नियम ल्याउने तयारि गरेको कानुन मन्त्रालयले बताएको छ l

उक्त नियमको लागी कानुन मन्त्री पार्क बेओम-क ले अनलाइन बैठक मार्फत विज्ञहरुसंग छलफल गरेको योंघापले  जनाएको छ l” हामीलाई आसा छ उक्त कानुनले बाल अधिकारको हनन , बच्चा बेचबिखन तथा बच्चाको मानवाधिकारको रक्षा गर्ने छ साथै उनीहरुले अनिबार्य शिक्षा तथा खोप कार्यक्रममा समेत सहभागी हुन् पाउने छन् ” l मन्त्री पार्कले भने l

उक्त नियम पूर्ण रुपले लागु भैसकेपछि यदि कोरियामा बच्चा जन्माए अबैधानिक बस्ने कामदारले पनि बैधानिकता प्राप्त गर्नेछन भने जन्मिएको बच्चाले बिमा लगाएत अन्य सरकारी तथा सामाजिक सुविधाहरु प्राप्त गर्ने छन् l

हाल सम्म कोरियामा अबैधानिक बस्ने तथा कोरियन संग बिहे गरि आएर पारपाचुके गरि अबैधानिक बिदेशी संग पुनः बिहे गर्ने महिला बाट जन्मिएको बच्चाले कानुनि मान्यता प्राप्त नगर्ने ब्याबस्था थियो l

कोरियामा हाल सम्म यस्तै तबरले जन्मिएर दर्ता नभएका करिब २० हजार बच्चा रहेको अनुमान छ l

प्रतिक्रियाहरू