इपिएस शाखाले भ्रम छरेको भन्दै एमटियुले निकाल्यो बिज्ञप्ति

1512

दक्षिण कोरियामा क्रियाशील प्रवासी श्रमिक युनियन एमटियुले इपिएस शाखा ग्वार्कोको नाममा बनाइएको पेजबाट आफ्नो संस्था प्रति कपोलकल्पित रुपमा भ्रम छरेको भन्दै बिज्ञप्ति प्रकाशित गरेको छ l इपिएस शाखाको सरकारी  लोगो,इमेल तथा  फोन नम्बर प्रयोग गरि बनाइएको बिभिन्न पेजहरु मार्फत  कोरियामा नेपाली श्रमिक जान नपाउनुको मुख्य कारण एमटियुको गतिबिधि रहेको भन्ने आम मानिसमा भ्रम छरेको भन्दै बिज्ञप्ति मार्फत खेद प्रकट गरेको हो l

बिज्ञप्तिमा ,दक्षिण कोरियाले नेपाललाइ कोरोना संक्रमणको रेड जोनमा राखेको कारण लामो समय देखि नेपाली श्रमिक कोरिया आउन पाएका छैनन् l उक्त कारणलाइ अतिरन्जित गर्दै इपिएस प्रक्रिया यस्तो अबस्थामा गुज्रिनु एमटियुको आन्दोलनकारी गतिबिधि हो भन्ने भ्रम फैलाई संस्थाको मान हानि गरेको समेत ठहर गरेको छ l त्यसैगरी एमटियुले नेपाली श्रमिक छिटो भन्दा छिटो कोरिया ल्याउन पहल गर्न यहाको श्रम मन्त्रालयलाई पटक पटक घचघच्याइरहेको समेत बताएको छ l एमटियुले नेपाली श्रमिक कोरिया ल्याउन पहल गरिरहेकै अबस्थामा इपिएस शाखाको पेजबाट आम जनमानसमा भ्रम पैदाहुने खालका उक्त पोस्टहरु तुरुन्त हटाउन पनि अनुरोध गरेको छ l यदि अटेर गरि संस्थाको मान हानि गरेमा कानुनि बाटो समेत रोज्न बाध्य हुने उल्लेख गरेको छ l

एमटियु कोरिया सरकार द्वारा मान्यता प्राप्त एक मात्र प्रवासी श्रमिक युनियन हो l यसले कोरियामा सन् २००५ देखि निरन्तर रुपमा प्रवासी श्रमिकको हक अधिकारको निमित्त संघर्ष गर्दै आइरहेको छ l
प्रकाशित बिज्ञप्ति यस्तो छ

प्रतिक्रियाहरू