कोरियामा एक नेपालीको औधोगिक दुर्घटनामा परि मृत्यु

7718

दक्षिण कोरियामा औधोगिक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ l नेपालको बाग्लुङ जिल्ला घर भै कोरियाको थेगु शहर स्थित एक कम्पनीमा कार्यरत अशोक श्रीस मगरको गत सोमबार दुर्घटनामा परि मृत्यु भएको नेपाल मगरसंघ दक्षिण  कोरियाका अध्यक्ष टेक पुनले फेसबुक स्टाटस मार्फत बताएका छन् l

४५ बर्षीय श्रीस मगर  कमपनीमा काम गर्ने क्रममा सोमबार साझ करिब ६ बजे  दुर्घटनामा परेका थिए  l श्रीस साढे दुइ   बर्ष पहिला कोरिया आएका थिए  l हाल उनको शवलाई प्रहरीले स्थानीय अस्पतालमा राखेको छ l

बिस्तृत  जानकारीको लागी हेर्दै गर्नुहोला हेल्लो नेपाल कोरिया डट कम

प्रतिक्रियाहरू