सुरुवाट सुरुवात ;-पलायितहरुको समान र सम्मानजनक व्यवस्थापन

596

कम्युनिष्ट स्थापनाकाल देखिनै (२००६ )बामपन्थी नेताहरु व्यवस्था परिवर्तनका निमित्त शसस्त्र संघर्षको नारा दिदै आएका थिए तर सुरुवात गर्ने श्रेय चाहि माओबादीलाइ मिल्यो |त्यसबेला स्थानीय देखि केन्द्र सम्म ७२ जना पूर्णकालीन कार्यकर्ता मात्र थिए |तिनै ६ दर्जन नेता कार्यकर्ताले माओको राजनीति नेपाली भूमिका कार्यन्वयन गरे |कम्न्युस्ट स्थापनाको ४६ बर्ष पछी प्रचण्डपथमा ससस्त्र आन्दोलनको जहाज हुइकियो ,उक्त जहाजका सारथिहरु मथ्ये डा.बाबुराम ,मोहन बैद्य , बादल ,टोप बहादुर , लेखराज भट्ट लगायत बिशेस भूमिकामा थिए जसका कारण राज्यको ‘’अपरेसन केलोसेरा टु ‘’हुदै अमेरिकी शेनाको नेपाल भ्रमण र बेलायति गुप्तचर निकाय ‘एम आइ -६ ”ले गरेको “अप्रेसन मुस्ताङ्ग ” जस्ता राज्यको माओबाद निस्तेज पार्ने अपरेसन चिर्दै गणतन्त्र सहित २०६५ जेष्ठ १५ मा विधिवत सुरक्षित अवतरण भयो |गणतन्त्रले देश र जनतालाई के दियो त्यसको समिक्षा इतिहास ले गर्छ नै ,तथापि हिजोका सहयोद्धा ,सारथिहरु किन एका एक नेतृत्व बाट दुरी बनाउदैछन त?राजनैतिक समकालीन दौतरीहरु आज किन जानिदुश्मन बन्दैछन त ?एउटा पेचिलो अनि सारगर्भित प्रश्न जन्मिएको छ |
भनिन्छ नि जहाबाट बाटो भुलेको त्यहि फर्केर आउनु गन्तब्य भेटिन्छ |हालै आएको अदालतको निर्णयले प्रचण्डलाइ त्यहि पुर्याएको छ, |स्वार्थ मानवीय स्वभाव हो झनै राजनीतिमा स्वार्थ बोकेकाहरु सघन हुन्छन ,छन| स्वार्थ समायोजन गर्न नसक्नु नै प्रचण्डको कमजोरी बन्यो फलस्वरूप पहिलो सविधानसभाको निर्वाचन पश्चात बनेको भीमकाय पार्टी एकाएक तक्षण भयो ,क्षीण बन्यो |अझ पछिल्लो समय बदलिएको राजनीतिले परिस्थितिले झनै राजनीतिक हैसियत खुम्चियो ,बुकुरो भयो | अब सुरु बाट सुरुवात गर्नुपर्छ |हिजो फरक मत र फरक बिचार राक्दै छुटिएर गएका विनिसृत गणतन्त्र ,पक्षधर जनयुद्वका सम्पूर्ण योद्वाहरुलाइ समान र सम्मानजनक व्यवस्थापन गरि एकजुट हुनैपर्छ तव मात्र जनयुद्वको औचित्य पुष्टि , शहिदहरुको सम्मान अनि देशले पनि परिवर्तन र समाजवादको लाइन समाउछ | अकल्पित राजनैतिक हुरीले फुल झार्दैमा ऋतु रोकेको आत्मरथी ठान्ने इतरहरुलाइ जवाफ फर्काउनै पर्छ |अन्यथा माकेको राजनीतिक भविस्य र देशको नेतृत्व यात्रा मृगतृष्णा हुनेछ |

प्रतिक्रियाहरू