दक्षिण कोरियामा पासपोर्टको अबधि सकिए बिदेशी कामदारको भिसा नथपिने

1763

दक्षिण कोरियामा बिदेशी नागरिकले भिसा थप गर्न अनिबार्य रुपमा पासपोर्टको अबधि हुनु पर्ने नया नियम लागु हुने भएको छ l न्याय मन्त्रालयको सुचना अनुअसार आगामी जुलाई १ तारिख देखि F-5,F-2-4, G-1-6 भिसा बाहेक अन्य भिसा बाहक बिदेशी नागरिकको भिसा थप गर्न अनिबार्य रुपमा पासपोर्टको अबधि हुनु पर्ने छ l

सुचना अनुसार बिबिध कारणबस तत्काल पासपोर्ट नबिकरण गर्ने अबस्था नभएमा कारण हेरिकन आगामी डिसेम्बर ३१ तारिख सम्म मात्र भिसा थप हुन सक्ने बताएको छ l

उक्त नियमले कोरियामा रहेका बिदेशीहरुलाई उचित ब्याबस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको ठहर छ lसन् २०२० मा मात्र १६ हजार १ सय ३० जना बिदेशी नागरिकको पासपोर्टको म्याद सकिएको र उनीहरुले पासपोर्ट नबिकरण नगरेको सुचनामा उल्लेख छ l

विदेशीले आफ्नो पासपोर्ट नबिकरण भैसकेपछि १५ दीन भित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्ने समेत बताएको छ l

प्रतिक्रियाहरू