कोरियामा चौथो लहरको कोरोना भाइरस प्रकोप , कडा सामाजिक दुरी अझै ३ हप्ता लम्बिने

626

दक्षिण कोरियामा केहिदीन यता कोभिड १९ को प्रकोप थप बढ्न थालेको छ l कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शुक्रबार ६ सय ७१ नयाँ संक्रमित थपिए संगै कुल संक्रमितको संख्या १ लाख ८ हजार २ सय ६९ पुगेको छ l

त्यसैगरी बिहिबार ७ सय जना नया संक्रमित थपिएका थिए l बिहिबार थपिएका संक्रमितको संख्या गत जनवरी यताकै सबैभन्दा उच्च हो l पछिल्लो समय समुहगत रुपमा भाइरस संक्रमण फैलिन थालेपछि विज्ञहरुले चौथो लहरको माहामारी फैलिन सक्ने चेतावनी दिएका छन l

भाइरसले थप महामारी लिने संकेत देखिएपछि सरकारले कडा सामाजिक दुरीलाई थप लम्ब्याउने भएको छ l हाल कामय रहदै आएको राजधानी सिओलमा २ लेबल तथा राजधानी बाहिर १.५ लेबलको सामाजिक दुरीलाई अझै ३ हप्ता लम्ब्याउने बताएको छ l

उक्त सामाजिक दुरी अन्तर्गत कुनै सभा सम्मेलन गर्न नपाउने साथै सार्बजनिक स्थलहरुमा ४ जना भन्दा धेरै मानिस भेला हुन नपाउने l होटेल ,रेस्टुरेन्टहरु ९ बजे पछी अनिबार्य बन्द गर्नु पर्ने आदि पर्दछन l त्यसैगरी सिओल तथा बुसान क्षेत्रमा डिस्को बार तथा क्लबहरु आगामी सोमबार देखि बन्द गर्ने बताएको छ l

दक्षिण कोरियाले गत फेब्रुरी देखि कोभिड१९ खोप दिन शुरु गरेको छ l हाल सम्म ११ लाख १३ हजार ६ सय ६६ जनाले खोप लगाइसकेको स्वस्थ विभागले बताएको जनाएको छ l उक्त खोप लगाएका मध्ये हाल सम्म ११ हजार ४ सय ६८ जनामा साइड इफेक्ट देखा परेको छ भने ४२ जनाको मृत्यु भएको छ l

कोरियाले आगामी जुन सम्म १२ मिलियन ब्याक्तिमा खोप दिने तयारि गरेको छ l

प्रतिक्रियाहरू