कोरियामा इपिएस श्रमिकको भिसा १ बर्ष थपिने , अबको अबधि ५ बर्ष १० महिना

4125

दक्षिण कोरियामा कार्यरत इपिएस श्रमिकको भिसा १ बर्ष थप हुने भएको छ l विश्यब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स्वदेश फर्किने वातावारण नभएका श्रमिकले कोरियाको बसाइ अबधि थप लम्व्याउन चाहेमा यहि महिनाको १३ तारिख देखि भिसा थप गर्न पाउने नियम पारित भएको न्याय मन्त्रालयले बताएको छ l

प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राइका अनुसार आगामी डिसेम्बर सम्म ३ बर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल ४ बर्ष १० महिनाकोको भिसा सकिने श्रमिकको अबधि १ बर्ष थपिने भएको हो l

यसरि भिसा थपिने भएपछी आगामी डिसेम्बर सम्म ३ बर्षको अवधि सकिने तथा हाल ४ बर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाइ अवधि ५ बर्ष १० महिना हुने छ l ३ बर्षको कार्यकाल सकिने श्रमिकले १ बर्ष १० महिनाको बोनस भिसा हाल दिएको १ बर्षको भिसा सकिए पश्चात थप्नु पर्ने बताइएको छ l

दक्षिण कोरियामा बिगत १३ महिनादेखि केहि मात्रामा कम्बोडियन श्रमिक भित्रीएपनि अन्य देशबाट श्रमिक भित्रिएका छैनन् l यसरि बिदेशी श्रमिक नाभित्रिदा भएको श्रमिक अभावलाई पूर्ति गर्न तथा कोरोनाका कारण स्वदेश फर्किने बातावरण नभएका श्रमिकलाई राहत दिन सरकारले उक्त नियम ल्याएको युनियनका अध्यक्ष राइले बताउनु हुन्छ l

प्रतिक्रियाहरू