कोरियाको जेजुदोमा स्टार रेमिट र सनराइज बैँकको बिशेष सेवा सन्चालन हुने , डीम्याट खाता खोल्न सकिने

168

यही आउँदो शनिवार र आइतबार अर्थात् अप्रिल १७ र १८ तारिखका दिन स्टार रेमिट र सनराइज बैँकको सेवा लिन सकिने भएको छ। स्टार रेमिटका अनुसार जेजु बासीको बिशेष अनुरोधमा स्टार रेमिटले निशुल्क रूपमा नेपालीहरुको सु-परिचित नेपाली रेष्टुरेन्ट “राज महल रेष्टुरेण्टमा ” मा सनराइज बैंकको र स्टार रेमिटको सेवा निशुल्क रुपमा दिन लागेको हो। स्टार रेमिटको बिभिन्न सेवा अन्तर्गत स्टार रेमिटको अटो डेबिट र म्यानुअल दुबै खाता खोल्न सकिने छ भने सनराइज बैंकको निशुल्क रुपमा नयाँ खाता र सेयर डिम्याट खाता खोल्न सकिने छ। साथै आबश्यक ब्यक्तिहरुलाई भिषा एंव कानुनी परामर्श समेत उपलब्ध गराइने छ।

स्टार रेमिटको खाता खोल्नको लागि आबश्यक कागजातहरु:
1.एलियन काडको अगाडि पछाडिको फोटो
2. आफुले प्रयोग गर्ने बैंक खाताको फोटो

सनराइज बैंकको खाता खोल्न आबश्यक कागजातहरु:
1. पासपोर्ट साइजको फोटो 2 प्रति
2. नागरिकताको फोटोकपि 1 प्रति
3. एलियन काडको अगाडि पछाडिको फोटो 1 प्रति
4. पासपोर्टको फोटोकपि 1 प्रति

स्थान: राज महल रेष्टुरेण्ट जेजु (제주 제주시 신광로 43)
मिति: अप्रिल १७ र १८ तारिख (शनिवार र आइतबार)
समय: बिहान ११ बजे देखि बेलुका १० बजे सम्म
सम्पर्क:०१०-४४९१-१९०१, ०१०-२६५५-०१४४

प्रतिक्रियाहरू