दक्षिण कोरियामा घट्यो प्रवासीको संख्या ,५ बर्ष यताकै सबैभन्दा कम

1104

नयाँ कोरोनाभाइरस महामारीको बीचमा दक्षिण कोरियामा विदेशी जनसंख्या ५ बर्ष यताकै सबैभन्दा कम भएको छ l
मंगलवार प्रकाशित एक सरकारी तथ्यांकअनुसार बिगत ५ बर्ष यता पहिलो पटक बिदेशी नागरिकको संख्या २० लाखभन्दा तल झरेको हो l

गत मार्चको गणना अनुसार कोरियामा प्रवासीको संख्या १९ लाख ९९ हजार रहेको छ l यो संख्या गत बर्ष मार्च भन्दा ९.२ प्रतिशत कम हो l गत बर्ष कोरियामा प्रवासीको कुल संख्या २२ लाख थियो l हालको संख्या सन् २०१५ यताकै सबैभन्दा कम हो lसन् २०१५ मा प्रवासीको संख्या १८ लाख थियो l यसरी प्रवासीको संख्या घट्नुमा लामो समयदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण बिभिन्न देशले गरेको लकडाउन रहेको तथ्यांकमा उल्लेख छ l

त्यसैगरी सन् २०१९को डिसेम्बरमा प्रवासीको संख्या सबैभन्दा धेरै २५ लाख २ हजार रहेको तथ्यांकले देखाएको छ l हाल रहेका प्रवासी मध्ये सबैभन्दा धेरै चिनिया नागरिक ४३.४ प्रतिशत छन् भने दोस्रोमा भियतनामीको संख्या १०.६ प्रतिशत छ l त्यसैगरी थाईल्याण्ड र अमेरिकी नागरिक क्रमस ८.९ र ७.३ प्रतिशत छ l

प्रतिक्रियाहरू