क्रिकेट रङ्गशाला निर्माणका लागि कोरियाबाट साढे चार लाख सहयोग, अभियान जारी

477

जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि दक्षिण कोरियामा बसोबासरत नेपाली दाजुभाईहरुले एक घन्टा रङ्गशालालाई भन्ने अभियान संचालन गरि संकलन भएको पहिलो चरणको रकम ४ लाख ५२ हजार ६ सय ३० रुपैयाँ सहयोग एस बिआइ कोषमनि रेमिट्यान्समार्फत धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरिएको छ ।

पहिलो चरणमा संकलित उक्त रकम कोरियामा रहेका १०७ जना नेपालीहरूको सहभागितामा जम्मा भएको थियो ।  सो रकम फाउन्डेसनको खातामा प्राप्त भएको जानकारी धुर्मुस सुन्तली फाउन्डेसनले अफिसियल फेसबुक पेजमार्फत दिएको छ । अबको सहयोग अभियान दोस्रो चरणमा प्रवेश गरेको क्रिकेट रङ्गशाला निर्माण अभियानका संचालकहरूले दिएका छन् ।

दोस्रो चरणमा पनि सहयोग अभियान जारी राख्दै सम्पूर्ण खेलप्रेमी कोरियावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा सहयोगको अपिल गरिएको छ। क्रिकेट रङ्गशाला निर्माणमा विविध अवरोधहरू देखिइरहेको भएपनि सम्पूर्ण चुनौतिहरूको सामना गर्दै नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न बनाइछाड्ने अठोट लिएर अगाडि बढिरहेको धुर्मुस सुन्तली फाउन्डेसनको टिमलाइ हामीले सकेको सहयोग गर्नुपर्छ भन्ने मनसाय लिएर सहयोग अभियान थालिएको यस अभियानका साथीहरू बताउँछन् ।

पहिलो चरणमा झन्डै एक महिनाको अवधिमा १०७ जनको सहभागिताले अब दोस्रो चरणमा अझ धेरै सहयोग गर्न सकिन्छ भन्ने उत्साह थपिएको अभियानकर्ताहरू बताउँछन् । यो अभियानमा थोरै भए पनि योगदान गर्न चाहाने साथीहरूले उल्लेखित खातामा पैसा ट्रान्सफर गरेर सहयोग गर्न सक्नुहुनेछ । साथै एसबाइ कोषमनि रेमिट्यान्समा दर्ता गरेर पनि अभियानमा योगदान दिन सकिने अभियानकर्ताहरूले बताएका छन् ।

SBI Cosmany रेमिट्यान्समा दर्ता गर्दा एजेन्ट कोडमा dhurmus001 राखेर दर्ता गर्दा प्रति व्यक्ति ५ हजार वन रेमिट्यान्स कम्पनीबाट प्राप्त हुनेछ । साथै दर्ता गरेपछि १ महिना भित्रमा १० लाख वन भन्दा बढी पैसा पठाएको खण्डमा थप ४ हजार वन रङ्गशाला निर्माणाका लागि फाउन्डेसनलाइ सहयोग रकम जम्मा हुने रेमिट्यान्सका नेपाल प्रमुख सरोज खड्काले बताए ।

प्रत्येक महिना आफ्नो मेहनत र पसिनाको कमाइ नेपाल पठाउनैपर्ने र पठाउँदा वैधानिक रेमिट्यान्सबाट सस्तो र सुलभ तरिकाले पठाउँदा नेपालको एक एतिहासिक क्रिकेट रङ्गशाला निर्माणमा योगदान पनि पुग्ने भएकोले यो अभियानमा जोडिन सम्पूर्ण कोरियावासी नेपालीहरूलाइ फाउन्डेसनको तर्फबाट विशेष अनुरोध गरिएको छ ।

सहयोगका लागि खाता नं 22391047512307 Hana Bank 하나 raut khyam raj Bank code 81.

प्रतिक्रियाहरू