एमालेको उमेद्वार बादल ; तिलस्मी व्याकरण ; कुरूप हिज्जे

590

झट्ट सुन्दा अनपत्यार ,तिलस्मी नै लाग्छ अपितु पछिल्लो समयको स्खलित राजनीतिक परिवेश ,घटनाक्रम अनि नेताका आदत र स्वार्थले नेतृत्वलाइ यहि उभिन बाध्य बनायो अनि जनता र कार्यकर्ताहरुलाई नेताका च्यातिएका सिदान्तका मुखौटा देखेर यथार्थ स्वीकार्न थप सहज बनायो |
२०४६ साल ताका भारतको बिहार स्थित पलामु जंगलमा १५ दिने फौज तालिम लिएर जनयुद्दको ट्रायल गर्ने उदेश्यले गोरखाको सिरानचोकमा हतियार चलाउन र युद्दको तालिम दिने प्रचण्ड र बादल नै थिए| | पछी २०४८ मङ्सिरमा चितवनको गरिएको एकता केन्द्रको १५ दिने रास्ट्रिय महाधिवेशन चिनिया मोडलको दिर्घकालिन जनयुद्दको लाइन पास गर्यो |जनयुद्द गर्ने तय भएपनि हतियार नभएकोले प्रचण्ड र बादल नै थिए हतियारको जोहो गर्न दौड धुप गर्ने |प्रचण्ड र बादल मनांङ्गका गणेश बहादुरको गुरुङ को घरबाट १० हजारमा दुइवोटा राइफल किनेर मनाङ्ग नै घर भएका देब गुरुङले रातारात लुकाएर गोरखा पुर्याएका थिए |
रामपुर क्याम्पस पढ्दा बामपन्थी आन्दोलनमा होमिएका बादल मशाल केन्द्रका पनि उतिकै सक्रिय थिए |कृषि इन्जिनियरिङ्ग पढ्न सोभियत संघ गएका बादल पंचायती बिरोधि आन्दोलन चर्केपछि पुन फर्केर प्रचण्डको साथ भूमिगत भए |जनयुद्द ताका एउटा स्लोगनले निकै चर्चा पायो “कांग्रेस लाइ खोजि खोजि ,राप्रपालाई रोजी रोजी एमाले लाइ सोची सोची ” नारा नै थियो |त्यहि अनुरुप प्रहार केन्द्रित पनि गरे |इतिहासका यस्ता पाना पल्टाउदा एमाले संग बादलको साइनो सिकारी र सिकारको झैँ देखिन्थ्यो |बरु राजा संगको दुरी छोटिएर आपसी सामिप्यता बढ्न सक्ने ढोका भने २०५७ सालको पन्जाबको दोस्रो रास्ट्रीय सम्मेलनले खोलेको थियो |तर आजको राजनीतिक परिस्थिति ,परिवेश के बन्यो?बाघ र हरिणको जस्तो सम्बन्ध सर्प र मणि को जस्तो कसरि बन्यो?के को वाशिभूतमा परे बादल ?कसको अधिनास्थमा फसे ,कुन स्वार्थले बादललाइ एमालेमा मुन्ट्यायो ?प्रभाब के को चिन्ह कि चिन्तन

प्रतिक्रियाहरू