दक्षिण कोरियाले बनायो घरमै बसेर कोरोना परिक्षण गर्न मिल्ने किट्स

324

दक्षिण कोरियाले घरमै बसेर आफै कोरोना परिक्षण गर्न सक्ने किट्स बजारमा ल्याएको छ। जस्ले केवल १५ मिनेटमा नै कोरोना लागे नलागेको पत्ता लगाउन सकिन्छ।

कोरियाको स्थानीय वायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी निर्माता कम्पनीले विकसित गरेको दुई किट्स गत हप्ता देखि फार्मेसी, सुपरमार्केट, र अनलाइन च्यानलहरुमा समेत सजिलै उपलब्ध भएको छ। GS 25, 7 ELEVEN तथा अन्य साना सुबिधा स्टोरहरुमा पनि बुधवार देखि सजिलै किन्न सकिन्छ। कोरोना शंका लागेमा वा लक्षण देखिएमा प्रारम्भिक परिक्षणको लागि सजिलै घरमा रिजल्ट हेर्न सकिने हुँदा अस्पतालमा हुने भिडभाडमा कमी तथा कोरोना संक्रमण दर कम हुने भएकोले सरकारले यो कार्य शुरु गरेको हो। यो प्रयोगकर्ताले नाकवाट स्वाब नमुनाहरु संकलन गरि परिक्षण गर्न सक्नेछन् भने यदि पोजेटिभ परिणाम प्राप्त भएमा पि.सि.आर टेस्ट तथा अन्य परिक्षणको लागि सिफारिस गरिन्छ। यसरी आफै परिक्षण गर्न मिल्ने किट अहिले अन्य देशहरुमा पनि आपतकालिन प्रयोगको लागि अनुमोदन पाइसकेको औषधी मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसको मूल्य प्रति किट्स ७०००/- देखि ९०००/- वोन पर्दछ। आफ्नो परिक्षण क्षमता वढाउन सरकारले यो निति अवलम्वन गरेको हो।

प्रतिक्रियाहरू