कोरियाबाट जनबुक नेसनल युनिभर्सिटी नेपाली क्लबद्वारा महाबीर पुनलाइ १३ लाख वन सहयोग

709

जनबुक नेसनल युनिभर्सिटी कोरियामा अध्ययनरत नेपाली विधार्थीहरुको एक क्लबद्वारा महाबीर पुनलाइ १३ लाख २५ हजार कोरियन वन सहयोग रकम पठाईएको छ।  कोरोनाको बिमारिहरुका लागि अक्सिजन लगायत अन्य सामार्गीका लागि पुनले चलाएको सहयोग अभियानमा उनीहरुले पनि सहयोग गरि राम्रो कामको सुरुवात गरेका छन्।

रकम युनिभर्सिटीको नेपाली क्लबको खातामा रहेको ८ लाख वन सहित थप नेपाली विद्यार्थीहरूको व्यक्तिगत सहयोगमा संकलन भएको नेपाली क्लबका अध्यक्ष सरोज कुमार श्रेष्ठले जानकारी दिए। उक्त संकलित रकम कोरोना विरूद्द अक्सिजन अभावको समस्यालाइ समाधान गर्नको लागि दिनरात खटिरहेको महावीर पुनको राष्ट्रिय अविस्कार केन्द्रको नाममा SBI Cosmoney रेमिट्यान्स मार्फत ट्रान्सफर गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

अविस्कार केन्द्रको हिमालयन बैंकको खातामा नेपाली रूपैयाँ १ लाख ३६ हजार तिन सय उनान्सय रूपैयाँ पठाइको कोषमनिका नेपाली प्रतिनिधि सरोज खड्काले जानकारी दिए।

सामान्य अक्सिजन हुँदा पनि बाँच्न सक्ने कोरोना बिरामीहरू मृत्युवरण गरिरहेको विकराल अवस्थामा केही समयअघि खाँडी मुलुकबाट नेपाली श्रमिकहरूले अक्सिजन पठाएर नेपालको दुखद अवस्थामा थोरै भए पनि सहयोगको प्रयास गरेका थिए।

प्रतिक्रियाहरू