नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) को आठौँ शैक्षिक सेमिनार सफलता पुर्वक सम्पन्न

691

विदेशमा सिकेको ज्ञान शीप तथा अनुभव आदनप्रदान गर्ने उद्धेश्यका साथ आयोजना गरिएको शैक्षिक सेमिनार दुई दिनसम्म सञ्चालन गरिएको थियो ।

संस्थाका सभापति राजाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको औपचिरीक कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामसिंह थापा रहनु भएको थियो ।

गैरआवसीय नेपाली संघ (NRNA), दझिण कोरीयाका अध्यक्ष यज्ञराज सुवेदी, सोनसिकका पुर्व सभापतिहरू र सल्लाहकार ज्यूहरूको अतित्थ्यता रहेको उद्‍घाटन सत्रको संचालन चारू विष्टले गर्नु भएको थियो ।

उद्‍घाटन सत्र लगत्तै सन्चालन गरिएको सेमिनार सेसनमा नेपाल, कोरिया तथा विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरू तथा विश्वभरि छरिएर रहेका विज्ञ, अनुभवी तथा दक्ष अतिथिहरुको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप प्रभावकारि हुनुको साथै नेपालको विकाश र समृद्धिसंग कसरी जोड्ने र नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने भन्ने बहसको निरन्तर अभ्यासले कार्यक्रम थप उपलब्धिमुलक भएको सभापति राजाराम श्रेष्ठले जानकारी दिनुभयो।

सेमिनारका संयोजक डा. टोनकिंग बास्तोलाका अनुसार पहिलो दिनको पहिलो सेसनमा मुख्य वक्ताका रुपमा काठमाडौँ विश्वविद्यालयका उप-कुलपति प्रा. डा. भोला थापा र राष्ट्रिय आविस्कार केन्द्रका संयोजक डा. माहाविर पुनको प्रस्तुति रहेको थियो भने दोस्रो दिनको सेसनको प्रमुख वक्ता डा. दिग्विजय महतले आफ्नो प्रस्तुति राख्नु भएको थियो ।

ई. रवि घिमिरेको संयोजनमा सम्पन्न पहिलो दिनको कार्यक्रम तिन बटा सेसनमा बिभाजन गरिएको थियो र सेसनहरूको सहजिकरण डा. कृष्ण सोमाइ, यज्जु प्रधान र चारू विष्टले गर्नुभएको थियो।

डा. दिग्विजय महत प्रमुख वक्ताका रूपमा रहनु भएको दोस्रो दिनको कार्यक्रम शैक्षिक क्षेत्रका बिभिन्न विषयहरू समेटेर छ वटा सेसनमा बिभाजन गरिएको थियो । बिभिन्न छ वटा सेसनहरूमा “ईञ्जिनियरिङ एण्ड आर्टिफिसियल ईन्टेलिजेन्सी, नेचुरल साईन्स, एप्लाईड साईन्स एण्ड वायो टेक्नोलोजी, हेल्थ एण्ड अलाईड साईन्स, एग्रिकल्चर फरेस्ट्री, फुड, ग्रिन इनर्जी एण्ड ईकोलोजी र सोसियल साईन्स एण्ड म्यानेजमेण्ट” रहेका थिए।
सम्बन्धित विषयका विज्ञहरूको संयोजनमा सम्पन्न भएको सेसनहरूमा लामो समय शिक्षण, अनुसन्धान लगायतको शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील रहनु भएका व्यक्तिहरूको उपस्थित हुनुहुन्थ्यो।
सेमिनारमा विभिन्न विद्यार्थीहरूले आफ्नो खोज अनुसन्धानका बारेमा पोस्टर प्रदर्शन पनि गर्नु भएको थियो । प्राप्त पोस्टरहरू माध्यबाट उत्कृष्ट तीन पोस्टरहरूलाई नगद ५०,००० वन सहित सर्टिफिकेट प्रदान गरिएको थियो । साथै सेमिनारको बिभिन्न सेसनहरूका संयोजक, सेसन चेयर, प्रस्तुतकर्ताहरू सम्पूर्णलाई धन्यवाद दिदै प्रशंसापत्र प्रदान गरिएको सेमिनारका संयोजक डा. टोनकिङ बास्तोलाले जानकारी गराउनु भएको छ।

विश्वका जुन सुकै कुनाबाट कार्यक्रममा उपस्थित हुन सहज होस् भन्ने उद्देश्यका साथ सेमिनारका सम्पूर्ण सेसनहरू फेसबुक मार्फत पनि प्रत्यक्ष प्रसारण गरिएको संयोजक बास्तोलाले जानकारी दिनुभयो।

सेमिनारलाई सफलता पुर्वक सम्पन्न गराउनका निम्ति प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै साथ, सहयोग एवम सल्लाह सुझावको अपेक्षा राखेको कुरा सोनसिका सभपति राजाराम श्रेष्ठले बताउनु भएको छ ।

प्रतिक्रियाहरू