कास्कि समाज कोरियाको सहयोग पोखरामा हस्तान्तरण

255
कास्की परिवार दक्षिण कोरियाले कास्की जिल्लाका स्थानीय तहलाई एक समारोह बिच कोरना संक्रमण बिरुध्द अक्सिजन कन्सनटेट्रर तथा औषधि जन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।
देसभरीमै कस्कि धेरै संक्रमित भयको जिल्ला भयकोले कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद र नेपाल च्याप्टरको समन्वयमा उक्त सामाग्री पोखरा पठाउन संभब भयको हो। ,दक्षिण कोरियामा रहेका कस्केली दाजुभाई तथा दिदीबहीनी हरूबाट आर्थिक सहयोग संकलन गरी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादि गाउँपालिका ,र पोखरा महापालिका वडा नम्बर २१ मा अक्सिजन कन्सनट्रेटर ,पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर ,थर्मल गन थर्मोमिटर, अक्सिजन माक्स, सर्जिकल माक्स, हेन्ड सेनेटाइजर र पन्जाहरु विहिवार कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल च्यापटर को कार्यलय मालेपाटन पोखरामा गाउँपालिका अध्यक्ष र प्रतिनिधि हरुलाइ हस्तान्तरण गरियको जानाकारी कास्कि समाजका अध्यक्ष प्रविण गिरीले बताउनुभयो।
कास्की परिवार दक्षिण कोरियाले संचालन गरेको एक हप्ते सहयोग संकलन अभियानमा १०९ जना सहयोगीदाताबाट ३८,२२,२२० कोरियन वोन संकलन गरेको र संस्थागत १८,४४,०५० वोन समेत गरि जम्मा ५६,६६,२७० वोन बाट अक्सिजन तथा स्वास्थ्य सामाग्री खरिद गरेको व्यहोरा संस्थाका सह- कोषाध्यक्ष एस.पि अधिकारीले जानकारी दिनुभयो ।
कोभिड १९ माहामारीमा वजार केन्द्रित भयर वसेका मानिसहरु गाउँ फर्केर जादा गाउँघर तिर थप संक्रमण वढ्ने सम्भावनालाइ मध्यनजर गर्दै ग्रामिण भेगतिर अक्सिजन सिलिन्डरको अभाव खटकि रहेको छ।कास्किका धेरै प्रभावित अन्नपुर्ण गाउँपालिका अध्यक्ष युवराज कुवरले अति आवश्यक सामाग्रीको विवरण सहित गरेको हारगुहार बमोजिम कास्किका सवै गाउँपालिका र अति प्रभावित महानगरको 21नंवर वडालाई प्राथमिकता दिईएको कुरा सचिव बिनोद दाहालले बताउनुभयो।
समाजमा प्रकोप रोग व्याधीले आक्रान्त हुदा घरदेस छोडेर धर्तिको जुन सुकै कुनामा रहेका नेपाली निदाउन सक्तैनन। मजदुरसॅग मन बाहेक के हुन्छ र?केहि मलम पट्टि लगाउ भनेर सहयोग गर्यो ।ति संवन्धित ठाउँमा पुगेनपुगेको अत्तोपत्तो नहुनि।झन ठुला संस्थामार्फत पठायो उनका ठुलै स्वार्थ हुनि/सरकारलाई बुझायो स्टोरमै थन्किने डर।छापछाप र छुपछुप गर्नि हुन कि?कुनैले स्टिकर टास्नी हुन कि?बिल भरपाई मिलाउनी त हैनन?चर्च मन्दिर गुम्बा मार्फत ईश्वर परमेश्वर जोडिदिने हुन कि?हाम्रा पार्टीले गर्दा भनेर जुघा मुठार्नि हुन कि?नगद पठायो त्रिनेत्र खुल्छ कि? भन्नि डर।समान पठायो अलपत्र हुन्छ कि? भन्नि डर।यिनै आशंकाहरुका वावजुद कास्कि समाज दछिणकोरियाले आफ्ना सदस्यहरूसँग सित उवाउने जमर्को गर्यो।केहि रकम जम्मा गर्यो ।यसलाई रकममा हेरियो भने अन्याय हुन्छ।माहामारीमा हामि पनि साथमा छौ भन्ने भावना जोडिएको र कोरियामा रहने सहयोगदाता सवैलाई धन्यवाद छ कास्कि समाजका कार्य समिति सदस्य पुस्प भण्डारीले भन्नुभयो।
उक्त अवसरमा मादी गाॅउपालिका अध्यक्ष वेद बहादुर गुरुङ,माछापुच्छ्रे गाउपालिका उपाध्यक्ष कृष्ण कुमारी दवाडी, अन्नपूर्णका स्वास्थ्य शाखा अधिकृत प्रभात पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो।
कास्कि समाजका पुर्व अध्यक्ष सुरज गुरुङ,आदर्श कास्कीआदर्शसमाज अन्तराष्ट्रियसमन्वय परिषद् नेपाल का बिश्वबन्धु थापा,कोभिड 19 क्विक डिसिजन टिमका डा प्रदिप अधिकारी लगायतले मन्तवय राख्नुभयको थियो भने हस्तान्तरण कार्यक्रमको अध्यक्षता निरज थापा र कार्यक्रम सञ्चालन बिकास अधिकारीले गर्नु भयको थियो।
प्रतिक्रियाहरू