एनआर एन ए काेरियाका पूर्व अध्यक्ष केपी सिटौलालाई पत्नी शाेक

2735

एन आर एन कोरियाका पुर्व अध्यक्ष तथा पर्यटन दुत केपी सिटौलालाई पत्नी शोक परेको छ। कोभिड १९ को कारण सिटौला पत्नी रिता बस्नेतको निधन भएको  पारिवारिक स्रोतले बताएको छ। जुन ६ तारिख राती  भारतको गाङ्टोक अस्पतालमा उपचारको क्रममा बस्नेतको निधन भएको हो। २ हप्ता अघि मात्र बस्नेत आफ्ना बिरामी पिता भेट्न भारत गएकि थिइन्। त्यही बेला उनी पनि संक्रमित भएको बुझ्न आएको छ। सिटौला १ छोरा र छोरी सहित अहिले कोरिया छन्।  केहि दिन अघि मात्र सिटौलाले कोभिडकै कारण आफ्ना ससुरा गुमाएका थिए। हिजो दोङ्देमुन स्थित सउल नेशनल मेडिकल सेन्टरको हलमा बस्नेतको श्रद्दाञ्जली कार्यक्रम राखिएको  थियो।

प्रतिक्रियाहरू