मृगौला पीडित पत्रकार क्षेत्रीद्वारा सहयोगको अपील

775

अछामका धुर्व बि.सी पेशाले पत्रकार हुन, तर उनले कलम नसमाएको ठ्याक्कै १ वर्ष भयो। उच्च रक्तचापका कारण दुबै मृगौला फेल हुन पुगेका उनी हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र र निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर वाँचिरहेका छन्।

नयाँ पत्रिका र हिमालय टेलिभिजन तथा अछामको रेडियो सोसाइटी एफ.एमका कार्यकारी निर्देशक पनि हुन् उनी।

छाउपडी कथा, दुर दराजका समस्या र वास्तविकताको आवाज वोल्ने एउटा सक्रिय पत्रकार आज यसै ढलिरहेछ।

“उनी भन्छन्, कयौँ वैकल्पिक उपचार पद्दति अपनाउँदा १ वर्ष वित्यो, तर मेरो स्वास्थ्य अवश्था झन्झन् बिग्रदै गयो। अहिले सम्म उपचार लगायत सबै खर्च गरेर करिव १८ लाख सकियो तर अन्तिममा तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो। अहिले ५ लाख जुटिसकेको छ, अब छिट्टै १५ लाख जुटे वाँच्ने आशा पलाउँथ्यो।”

तत्काल मृगौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने बताएका छन्। नयाँ मृगौला फेर्नको लागि निकै ठूलो रकम आवश्यक पर्ने हुँदा अहिले उनी सम्पूर्ण मनकारी नेपाली दाजुभाइ दिदिवहिनीहरुलाई आर्थिक सहयोगको लागि आग्रह गरिरहेका छन्।

उनी भन्छन् ‘जिवनको अन्तिम घडीमा एक पटक यहाँहरुको सहयोगको आशा गरेको छु, मलाई बचाउनुहोस्।

क्षेत्रीकि पत्नी पनि पत्रकारिका पेशामा नै आबद्द छिन् । हाल अनी एक छोरी सहित अछाम छिन्, भने  क्षेत्रीलाई आफ्नै दिदिले भक्तपुरमा रेखदेख गरिरहेकी छिन्।

’उनलाई निम्न खातामा रकम पठाएर सहयोग गर्न सकिनेछ ।

उनले सार्वजनिक गरेको विवरण अनुसार ‘इसेवा आइडी ९८५११३०९६५’

वा नेपाल एसबीआई बैंकको भक्तपुर शाखामा रहेको ध्रुव बिसी नामको २०७१५२४१४०५६५४

वा कृषि विकास बैंकको मंगलसेन अछाममा रहेको ध्रुव बिसी नामको बैंक खाता ०८२२६०११०९८४४०२६ मा रहेको खातामा रकम पठाएर सहयोग गर्न सकिने छ ।

प्रतिक्रियाहरू