कोरियाको ग्वाङ्जुमा एउटा ५ तले  भवन भत्किदा ९ जनाको मृत्यु ८ जना गम्भिर घाइते

3841

दक्षिण कोरियाको ग्वाङ्जु सहरमा एउटा ५ तले जिर्ण भवन भत्काउने क्रममा  दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ बुधवार अपरान्ह भएको उक्त दुर्घटनामा परि ८ जना गम्भिर घाइते भएको समाचार एजेन्सी योंघापले जनाएको छ l

भत्काउने कार्य भैरहेको उक्त भवन एक्कासि आफै भत्किदा नजिकैको बाटोमा गुडिरहेको बसलाई थिचेको थियो l मृत्यु हुने अधिकांस बसमा सवार यात्रु छन् l

उक्त दुर्घटनामा ,भवन भत्काउने काम गरिरहेका मजदुर तथा पैदलयात्री समेत पुरिएको हुन सक्ने आशंका गरिएको छ l हाल उद्वार टोलिले थप मानवीय क्षति भए नभएको ब्यापक रुपमा खोजि गरिरहेको बताइएको छ l

प्रतिक्रियाहरू