गुल्मी सम्पर्क समिति दक्षिण कोरिया द्वारा जिल्लामा स्वास्थ्य सामाग्री वितरण

565

गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको संयोजनमा कोरिया बाट संकलित राहत रकमबाट गुल्मी जिल्लाका सम्पूर्ण गाउपालिका ,नगरपालिका तथा पत्रकार महासंघ गुल्मी लाइ स्वस्थ सामाग्री वितरण गरिएको छ l

दोस्रो लहरको कोरोना भाइरसले आक्रान्त भएको गुल्मी जिल्लामा , मास्क ,सेनिटाइजर , अक्सिमिटर, पीपीइ सेट लगाएतका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो l उक्त स्वस्थ सामाग्री नेपालमा रहेका गुल्मी सम्पर्क समिति दक्षिण कोरियाका पुर्व पदाधिकारीहरु सम्बन्धित गाउपालिकामै पुगेर हस्तानातारण गरिएको थियो l

गुल्मी सम्पर्क समितिको संयोजनमा गुल्मीका सम्पूर्ण गाउपालीकाबाट कोरिया आएका गुल्मेलिलाई समेटी राहत संकलन कार्य भएको थियो l करिब ३ हप्ता चलेको उक्त अभियानबाट संकलित १ करोड ६ लाख ८३ हजार ३ सय ४८ कोरियन वोन अर्थात ११ लाख १६ हजार ९ सय ५० नेपाली रुपिया बाट उक्त सामाग्रीहरु बितरण गरिएको सम्पर्क समितिले बताएको छ l

राहत वितरण कार्यक्रममा बोल्दै गाउँपालिका पदाधिकारीहरुले महामारीको बेला गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो जिल्लामा देखाएको सक्रियता वास्तबमै प्रसंसायोग्य रहेको बताए l

राहत वितरणमा भएको खर्च तथा संकलित आमदानीको सम्पूर्ण हिसावकिताब गुल्मी सम्पर्क समितिले आफ्नो आधिकारी फेसबुक पेजबाट प्रकाशित गर्दै कोरियामा राहत संकलन गर्न खटिनुहुने प्रतिनिधि , नेपालमा राहत वितरणमा सहयोग पुर्याउनुहुने गुल्मेली दाजुभाइ तथा दिदीबहिनीहरुका साथै सम्पूर्ण सहयोगीहरुमा बिसेष धन्यवाद ब्याक्त गरेको छ l

प्रतिक्रियाहरू