कोरियाको रोजगारी अझै अन्यौलमा , दुतावास भन्छ कोभिड बाहेक अन्य कारणले रोकिएको होइन

1745

नेपाली युवाहरुको आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियाको रोजगारी अझै अन्यौल बनेको छ l गत बर्ष मार्च देखि रोकिएको रोजगारी अझै खुल्ने सम्भावना देखिएको छैन l नेपालमा तालिम लगाएत अन्तिम प्रक्रिया पुरा गरेर उडानको पर्खाइमा रहेका युवा बिगत १५ महिना देखि अलपत्र जस्तै भएका छन् l

“कोरिया उडानको प्रक्रिया अन्तिम चरणमा पुगेकोले भएको ब्यापार व्यावसाय पनि बेचेर तयारीमा बसियो अहिले आएर घर न घाटको जस्तै हुन पुगिएको छ ” कपिलवस्तुका महेस काफ्लेले हेल्लो नेपाल कोरिया डटकम संगको कुराकानीमा आफ्नो गुनासो पोखे l त्यस्तै कोरियाको उडानको अन्तिम चरणमा पुगेको कारण स्नातक तहको अध्यन बिचैमा छाडेका तनहुका युवा लक्षमण महतको गुनासो पनि उस्तै छ l त्यसैगरी कोरियाको रोजगारीको आशाले गर्दै आएको सानोतिनो ब्याबसाय छाडेर बसेकी काठमान्डौकि सुमित्रा मिश्र रिसाल भन्छिन ‘ कोरियाको रोजगारीले मलाइ डिप्रेसन बनाइसकेको छ ”

यी त केवल प्रतिनिधि पात्र मात्र हुन l यी बाहेक कोरियाको रोजगारीको आशाले भएको ब्याबसाय , अध्यन गर्दै गरेको उच्च शिक्षा तथा गर्दै गरेको सानोतिनो रोजगारी छाडेर बस्ने युवाको संख्या हजारौ छ l हुन त भाषा परीक्षा पास गर्नु कोरियाको रोजगारीको लागी योग्यता पुरा गर्नु हो तर कोरियाको रोजगारीको लागी ग्यारेन्टी भने होइन l यो कुरा इपिएस कार्यालयले समेत बारम्बार भन्दै आएको छ l तर उडानको अन्तिम प्रक्रियामा पुगेपछि नेपालमा गर्दै आएको सानोतिनो ब्यावासयालाई छोड्नु अस्वाभाविक पनि होइन l

कसरि रोकियो अन्तिम उडान
कोरियाको लागी भाषा परीक्षा पास गरेर श्रम सम्झौता तथा भिसा समेत प्राप्त गरि नेपालमा गर्नुपर्ने , बिमा , तालिम लगाएतका प्रक्रिया पुरा गरेर उडानको प्रतिक्ष्यामा बसिरहेको बेला कोरियामा धेगु सहरलाई केन्द्र बिन्दु बनाउदै पहिलो लहरको कोरोना भाइरस प्रकोप शुरु भयो l कोरियामा पनि उक्त समयको अबस्था अलि जटिल थियो l दैनिक १ हजार भन्दा माथि नयाँ संक्रमित थपिन थाले l त्यो बेला कोरिया सरकारले केहि समयको लागी अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्यो l अथक प्रयास पश्चात उक्त महामारी रोकिन धेरै समय लागेन l क्वारेन्टाइनको कडा ब्याबस्था सहित कोरियाले उडानहरु खोल्यो आसा थियो अब नेपाली श्रमिक भित्रिने छन l तर त्यसको केहि समयमै नेपाल अनि भारतमा ब्यापक रुपमा भाइरस संक्रमण देखा पर्न थाल्यो l फलस्वरूप कोरियाले नेपाल लगाएत केहि देशलाई संक्रमणको उच्च जोखिम सुचिमा राखेर प्रबेशमा रोक लगायो l त्यहि चपेटामा नेपाल बाट प्रवेशको तयारीमा रहेका युवा पर्न गए l

के भन्छ दुतावास
“हाल नेपाल मात्र होइन इपिएस लागु भएका अन्य देशबाट पनि श्रमिक कोरिया भित्रिएका छैनन l हामीले नेपाली श्रमिक भित्राउन अनुरोध गर्दै कोरिया सरकारलाई बारम्बार ध्यानाकर्षण गराएका छौं तर पनि अहिले सम्म त्यस्तो सकारात्मक उत्तर पाएका छैनौ “सिओल स्थित नेपाली दुतावासका कार्यबाहक राजदुत रामसिंह थापाले हेल्लो नेपाल कोरिया डटकम संगको कुराकानीमा बताए l

“हामीले पाएको जानकारी अनुसार बिदेशी श्रमिक नाभित्रिनुको मुख्य कारण कोभिड-१९ नै हो अन्य कारणले रोकिएको होइन l कोरियाले तिब्र गतिमा कोभिड भ्याक्सिनको कार्यक्रम अगाडी बढाएको छ आशा गरौ अब केहि महिना भित्र पक्कै खोल्ने छ l यदि नेपाल बाहेक अन्यदेश बाट श्रमिक भित्रिएको भए हामीलाइ पनि दवाव दिन सजिलो हुने थियो तर त्यस्तो भएको छैन “l

हाल कोरिया प्रवेश गर्न नपाएका नेपाली युवाहरु संघर्षरत छन् l उनीहरुले ट्वीटर मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने देखि लिएर परराष्ट्र मन्त्री,श्रम मन्त्री आदिलाईलाई भेटि गुनासाहरु राख्ने तथा बिभिन्न फेसबुक ग्रुपबाट दवाव सृजना गर्ने कार्य गरिरहेका छन l तैपनि हाल सम्म सकारात्मक उत्तर पाएको कहिँ कतै देखिदैन l कोरिया भित्र पनि प्रवासी मजदुर संगठन (MTU) ले रोकिएका प्रवासी श्रमिकलाई छिटो भन्दा छिटो भित्राउनु पर्ने माग राख्दै कोरिया सरकारलाई कडा दवाब दिदै आएको छ l

खासमा इपिएस भनेको दुइ देश बिचको सिधा प्रक्रिया भएकोले नेपाल सरकारलेनै बिसेष पहल गर्नु जरुरि छ l सरकारले कोरिया आउने तयारीमा रहेका युवालाई प्राधमिकतामा राखेर भ्याक्सिन लगाएर तयारि अबस्थामा राख्न जरुरि छ l अन्यथा हजारौं युवाहरुको सपना बनेको कोरियाको रोजगारी गुम्ने अबस्था नआउला भन्न सकिदैन l

प्रतिक्रियाहरू