कोरियाको नेपाली सेल्टरमा छचल्किएका ऑशुहरु

1291

भन्न नहुने बेथा सारो छ।लाम लाम र खाम खाम भन्ने उमेरमा परदेसिनुको पिडा कति छ ?नापतौल गर्नै नसकिने छ।परदेसको ठॉउ,नचिनेका मान्छे,नजानेको भाषा,न खल्तिमा दाम छ न टुङ्गो कामको छ,अईले त खॉए भरे के खॉउला?अईले त यॉहॉ छु भरे कॉहा जॉउला?कॉहा गए कॉहा पुगिन्छ केहि थाहा छैन।
कोरियामा साहुले (खासेयो)जानुहोस भनेपछि कॉहा जॉउ?भन्ने छुट छैन।जॉहासुकै (खा)जा नोङदोम्बु(श्रम कार्यालय)मा मेसेज पठॉउला हिसाव किताव बैङक खातामा हालिदिन्छु (पाल्ली खा)छिटो जा भनेर क्रकश लाग्ने ठुलो स्वरले भनेपछि मुटु सर्को पारेर (खाम्साहाम्निदा) भन्नु पर्दाको पिडा कल्पना गर्नुस त?
जगतै अँध्यारो लाग्छ।कोरियाका सुन्दर सपनाहरु झर्याम झुरुम्मै शिसा फुटे झैँ फुटछन।गुडॉउदै आएको त्यहि लगेज पनि घॉडो हुन्छ।कॉहा राख्नि?साथिभाई नजिकै नहुन सक्छन।भएनी बाहिरी मानिसलाई कंपनी प्रवेस निषेध हुन्छ।सवै काममा हुन्छन।फोन स्विच अफ हुन्छ।लखतरान भएर १०/११बजेतिर छुस्स अनलाईनमा ऑउछन।नपरे सम्म हामि छौँ भनेर ढाडस दिनेहरु परेपछि टाढा भएका पो हुन कि?भनेर शंका लाग्छ।
कर्कलाको पातमा टिल्पिलाएका पानिका फोका सरी ऑशु भरिएका ऑंखा लिएर कॉहा जाम कॉहा जाम भनेर मन तिब्र गतिमा दौडिरहेको हुन्छ।कोरियाको प्रतिकुल मौसम जाडोमा बाहिर बसे रगत जम्छ ।जगर्मिमा भकभकि पाकिन्छ।यस्तो अवस्थामा कॉहा जानि?नेपालमा झैँ सॉझका पाउना देउता सरह भन्नी चलन भए पो?होटलमा बस्न रकम तिर्ने हैसियत हुनु पर्यो नि?एकरातकै दिनको लाख वन(१०हजार)तिर्नुपर्छ। हातमुख मात्रै लिएर आएका नेपाली सँग कॉहा हुन्छर?भएनि अनिश्चितकालीन यो मँहगि धान्न सक्नि कुरै भएन।नुनिला ऑशु निल्दै सोच्न बाध्य हुन्छ।नेपाली सेल्टर कॉहा होला?
बल्लतल्लको प्रयास पछि टाढा शहरको कुनाकाप्चा तिर मनकारी नेपालीहरुले समस्या समाधानकोलागि खोलिएका सेल्टर पाईन्छ।जेनतेन भाडामा लिएको टेक्सिलाई छुसो (ठेगाना)बताएर पोको पुन्तुरो बोकेर सेल्टर हुँईकिनुको बिकल्प हुँदैन।
सेल्टर पुगेपछि एक मनले ढुक्क महसुस हुन्छ।नेपालकै याद दिलॉउछ।अटाई नअटाई बसेका दाजुभाई दीदीबहिनी। उस्तै समस्याले पिडितहरुको जमघट हुन्छ।म मात्रै त दुख पाउने त रहेनछु नि !भनेर आफ्नै मनले सान्त्वना दिईरहेको हुन्छ।कथा ब्यथाको आदान प्रदान ,बर्तमानको आडभरोसा र सँगैकाम खोज्ने र भविष्यका सपनाहरुको जगेर्ना गर्ने आत्मबिश्वास बढाउन सेल्टरको अग्रणी भुमिका छ।कोरियामा नेपालीहरुको वास्तविक यथार्थ चित्रण हेर्न चाहानु हुन्छ,समस्या बुझ्न चाहानु हुन्छ सहयोगको प्राथमिकता निर्धारण गर्न चाहानुहुन्छ भने कृपया सेल्टरमा जानुहोला।
नेपाली सेल्टर समेत समस्यै समस्याले भरिएको भकारी जस्तै छन।आफ्नै गास काटेर,बिदालाई सेल्टर ब्यवस्थापनमा अहोरात्र खटिने ति दाजुभाई दीदीबहिनीहरुको अथक योगदानलाई हार्दिक नमन गर्नै पर्छ।फुर्सतका व्यवस्थापनले मात्रै सेल्टर व्यवस्थित गर्न नसकेको अवस्था छ।खोलो तर्यो लौरो बिर्सियो भने झै सेल्टरलाई प्रयोगकर्ताले नै बिर्सिएको अवस्था छ।
पिडा भुलाउने नाममा सेल्टरमा मदिरापान गर्ने,धूम्रपान गर्ने,जुवातासका अखाडा बनेको यदाकदा सुनिन्छ।व्यव्स्थापनको लागि तोकिएको सामान्य शुल्क समेत नतिर्ने कन्जुसहरुको नामावली प्रकाशन गर्नी हो भने एउटा ठेली नै तयार हुन्छ।अझ पोले माथि पोले फकुण्डो भने झै कति सेल्टरहरुमा त ३/४ महिना सम्म आफ्नै नीजि संपति हो कि झैँ गरेर लोकलाजै पचाएर बसिदिने, मोज मस्तिको केन्द्र बनाईएको गुनासो समेत सुनिन्छ।सरसफाईको अभाव उस्तै छ।सेल्टरमा वास्तविक पिडितहरुलाई बस्नै नसकिने असुरक्षित वातावरण नेपाली दाजुभाईबाटै कदापि हुनु हुदैन।
नजिकै काम गर्ने वा अवैधानिक दाजुभाईले जमघटको केन्द्र बनाउने,थोत्रा कपडा ,फोहर फाल्ने ठॉउको रुपमा गरिएको व्यवहारले सच्चा नेपालीको दिल दुख्छ। सेल्टरका प्रमुख ब्यवस्थापक स्वंम प्रयोगकर्ता नै हुन।सेल्टरमा अचानक पाहुना आएपनि फरक नपरोस।अति आवश्यक सेवा सुविधार्थ मैले के योगदान गर्न सक्छु?सानो तर महत्वपुर्ण सेल्टर परदेसका दुर दराजमा खोलेर पिरको भारी बिसाउने सानो चौतारीको रुपमा बिकास गर्नु पर्छ।
बिरक्त लाग्ने यि सेल्टर नै बास्तवमा नेपाल हाउस हुन।यिनै कामदारको रेमिट्न्स नेपाल सरकारको मुख्य श्रोत हो तर यि सेल्टरका समस्या बारेमा नेपाली राजदुतावास बेखवर छ।प्रवासमा नेपालीको साथि भनिने एनआरएन संस्थाले ठुला कुरा गर्नि तर कोरिया भित्रैको सेल्टरको समस्या नदेख्ने अन्धो प्रवृति देखाएको छ।रोजगारदाता दक्षिणकोरियाले समेत काम छोडेको ३महिनामा नँया काम खोजेर लाईसक्ने प्रावधान राखेको छ तर सो अवधिमा कॉहा बस्ने के खाने बारेमा मौन रहेको छ।यस संवन्धमा सरोकारवाला निकायहरु गंभिर भएर नेपाली सेल्टरमा हरेक दिन छचल्किरहेका बलिन्द्रधारा ऑशु रोक्नको लागि बिनम्रतापुर्वक अनुरोध गर्दछु।
खाई नखाई फुर्सत निकालेर अहोरात्र खटने संचालक संस्थाका पदाधिकारीलाई उल्टो अपजस आई लाग्ने खतरा उस्तै छ।कहिले मानसिक रोगी,दुर्व्यसनी, बिखर्चीहरुको सामना चुनौतिपूर्ण हुन्छ। कानुनको पालना गर्ने कोरियामा झगडा गर्ने,केटी जिस्काउने गरे संस्थाको बदनाम मात्रै होईन जेल जाने अवस्था आउन सक्छ।
एउटा सेल्टरको मासिक खर्च लगभग १०लाख वन (एकलाख)नेपाली रुपैया पर्न ऑउछ।यो रकम जुटाउन बिभिन्न सामाजिक कार्य गर्नु पर्दछ।बिदामा गरिने साङ्गीतिक कार्यक्रम मुख्य श्रोत हो।नॅया नेपाली फिल्म देखाउनुको साथै दान सहयोगबाटनै यि सेल्टर चलेका छन।
माहामारीको रुपमा फैलिएको कोभिडले कोरियालाई पनि आक्रान्त बनाएको छ। कुनैपनि सार्वजनिक गर्न पाईएको छैन।नॅया कामदार नेपालबाट आउने वातावरण करिव 2बर्ष देखि हुन सकेको छैन।यसबाट सेल्टर खाली छन।सेल्टरको खर्च धान्न नसकेर कतिपय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन।
यि सेल्टरहरु खर्च अभावले बन्द हुने अवस्था भयमा नेपालीहरु कोरियामा रुन पनि पाउने छैनन।अनेकौ समस्या थपिनेछ छन।कष्टपुर्ण जीवनमा रहेका आम नेपाली युवा युवतीहरुको ऑशुले कोरियाको सडक नभिज्ला भन्न सकिदैन।यस तर्फ सरोकारवालाहरुको ध्यान आकृष्ट गराउन ढिलो भैसकेको छ। भविष्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू