कोरियाले पासपोर्टको म्याद सकिएका बिदेशीलाइ अझै थप १ बर्ष बसाइ अनुमति दिने

849

दक्षिण कोरियाले पासपोर्टको म्याद सकिएका विदेशीलाई अझै १ बर्षको बसाइ अनुमति दिने भएको छ l यहि जुलाई १ तारिख देखि लागु हुने पासपोर्टको म्याद बराबरको बसाइ अवधिलाई लम्ब्याएर आगामी जुलाई अन्तिम सम्म पुर्याएको हो l

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण कतिपय देशमा तत्कालै स्वदेश फर्किने बाताबरण नभएको कारण बिदेशीको समस्यालाई ध्यानमा राखी हाललाई उक्त अबधि लम्ब्याइएको न्याय मन्त्रालयले बताएको छ l यस भन्दा पहिला घोषित नियमानुसार यहि जुलाई १ तारिख देखि लागु हुनेगरी कोरियामा बिदेशी नागरिकको भिसा अबधि पासपोर्टको अबधि बराबर मात्र रहने थियो l उक्त नियमानुसार यदि यहाँ रहने विदेशीले म्याद सकिनु अगाबै आफ्नो पासपोर्ट नबिकरण नगरे उनीहरुको भिसा स्वत समाप्त हुने थियो l

यो १ बर्षको बसाइ अनुमति दिने नियम भने सन २०२२ को जुलाई अन्तिम सम्म मात्र लागु हुने बताएको छ l त्यो भन्दा बाहेक बिबिध कारणले नबिकरण गर्न नसक्ने अबस्था भएका वा पासपोर्ट हराएमा ,  अबस्था हेरिकन ६ महिनाको अबधि थप हुन सक्ने छ l पासपोर्ट नबिकरण भैसकेपछि अनिबार्य रुपमा अध्यागमनमा दर्ता समेत गर्नु पर्ने छ l

उक्त नियम सरकारी भिसा बाहक ,कुटनीति नियोगका कर्मचारी (A1,A2 भिसा )बाहेक सम्पूर्ण विदेशीमा लागु हुनेछ lयोंघाप

प्रतिक्रियाहरू