दिप्ति सापकोटा बचाउ अभियानमा कोरियाबाट सहयोगको लागि हार्दिक अपिल

536

पोखरा ३१ वेगनास घर भई पोखरा ३० शिशुवा बस्दै आएका देव बहादुर सापकोटा कि ३ वर्षिय छोरी दिप्ती सापकोटाको बचाउ अभियान शुरु गरिएको छ । केही समय अगाडि स्वास्थ्य जाँच गर्दा ब्लड क्यान्सर पत्ता लागेकोले उनको ६ महिना अस्पतालमा राखी ३ बर्ष सम्म किमो दिदै निरन्तर उपचार गर्नु पर्ने चिकित्सक हरुले बताएका छन् । उनको पारिवारिक आर्थिक अबस्था अत्यन्तै कमजोर भएकोले हालसम्म उपचार गर्दा सम्पुर्ण चल अचल सम्पती सकिएकोले सहयोगी मन हरु समक्ष सहयोग को अपिल गर्न परेको पिता देव बहादुर सापकोटा बताउछन् ।

बिरामी सापकोटा लाइ हाल पश्चिमान्चल क्षेत्रीय अस्पतालको बाल वार्ड अन्तर्गत अति सघन कक्षमा राखेर उपचार गराइ रहेको छ । अस्पताल ले अब तत्काल कान्ति बाल अस्पताल काठमाडौं लैजान सुझाब दिएको उनका बुबाले बताएका छन् ।

यो सन्सारलाइ राम्रो सग नियाल्न समेत नपाएकि यी सानी नानी को जीवन रक्षा को लागि कोरियामा रहनु भएका सम्पुर्ण सम्पुर्ण संघ सस्था , र सहयोगी मन हरु समक्ष थोरै भए पनि सहयोग गरिदिन अपिल गरिएको छ । साथै कास्की परिवार दक्षिण कोरिया ले समेत यो अभियान लाई खुल्ला रुपले सहयोग गरेकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ । कास्की परिवार जस्तै अन्य सम्पुर्ण सहयोगी संघ सस्था र महानुभाब समक्ष सहयोग को लागि अनुरोध समेत गरिएको छ । इच्छुक दाताहरुले तलको खाता नम्बर मा सकेको सहयोग जम्मा गर्न सक्नु हुने छ ।

अभियान संचालन को लागि खाता नम्बर
उरि बैंक – १००२ ६५६ ६५६ ५२२
(1002 656 656 522 ) कोड नम्बर ०३

contract no – 010 64531807

प्रतिक्रियाहरू