कोरियामा डेल्टा भेरीएन्टको लक्षण सहित बिहिबार थपिए हाल सम्मकै सबैभन्दा धेरै कोभिड संक्रमित

604

पछिल्लो केहि हप्ता देखि फैलिएको चौथो लहरको कोरोना भाइरस संक्रमणले दक्षिण कोरियालाई आक्रान्त बनाएको छ l चौथो लहरको संक्रमणले महामारीको रुप लिन थालेपछि हाल अस्पतालमा आइसीयु बेड समेत अभाब हुन थालेको छ l

कोरिया रोग निवारण केन्द्र का अनुसार बिहिबार १ हजार ८ सय ४२ जना नयाँ संक्रमित थपिएका छन l बिहिबार थपिएका नयाँ संक्रमित मध्ये १५ सय ३३ जना स्थानीय छन भने बाकि बाहिर बाट संक्रमित भै आउनेको संख्या छ l
स्वास्थ्य विभागका अनुसार केहि हप्ता देखि थपिएका संक्रमितामा नयाँ प्रजातिको कोरोना भाइरस ( डेल्टा भेरीएन्ट)को समेत लक्षण देखिएको छ l यसरि नयाँ प्रजातिको भाइरस लक्षण देखिनेमा हाल सम्म १ हजार भन्दा माथि छ l

बिहिबार थपिएका नयाँ संक्रमितको संख्या हाल सम्मकै सबैभन्दा उच्च हो l सरकारले जारि गरेको कडा सामाजिक दुरीको बाबजुत पनि केहि दीन यता नयाँ संक्रमितको संख्या दैनिक १५ सय भन्दा माथि छ l
कोरियामा हाल सम्म कुल संकमितको संख्या १ लाख ८४ हजार १ सय ३ पुगेको छ मृत्यु हुनेको संख्या २ हजार ६३ छ l

प्रतिक्रियाहरू