एनआरएनए कोरियाका क्षेत्रिय अध्यक्ष भुजेलको हृदयघातका कारण मृत्यु

585

एनआएएनए दक्षिण कोरियाका चुङ्नाम क्षेत्रीय समितिका अध्यक्ष मदन भुजेलको हृदयघातका कारण मृत्यु भएको छ l
शनिवार साँझ साथीहरुसंग फुटवल खेलेर एकैछिन आराम गर्ने क्रममा बेहोस भै ढलेका उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो l उनि बेहोस भएपछी साथीहरुले तुरुन्तै अस्पताल पुर्याएका थिए l उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ l

प्रवासी नेपाली मंच दक्षिण कोरियाका अध्यक्ष आलिशा सिंह ( सृजना नेपाली) का अनुसार उनि हाल e-7 भिषा अनतर्गत १२  बर्ष देखि कोरियामा बस्दै आएका थिए l बिबाहित रहेका भुजेलका श्रीमती र छोराछोरी हाल नेपालमै रहेको बुझिएको छ

l
उनि हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिबेशन बाट चुंङ्नाम क्षेत्रीय समितिका अध्यक्षमा निर्वाचित भएका थिए l उनि प्रवासी नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय सदस्य समेत हुन् l

हाल उनको शवलाइ प्रहरीले नजिकैको अस्पतालमा राखेको छ l उनको मृत्युको घटना एनआरएन कोरियाले आधिकारिक रुपमा पुष्टि गरेको छ l बिस्तृत जानकारीको लागी हेर्दै गर्नुहोला हेल्लो नेपाल कोरिया डट कम l

प्रतिक्रियाहरू