नेपाल लगाएत २६ देशका विधार्थीलाई कोरिया प्रवेश नगर्न सुझाव

2080

दक्षिण कोरियाले यहाँ अध्यन गर्न आउने बिदेशी विधार्थीलाई तत्काल कोरिया प्रवेश नगर्न सुझाव दिएको छ l पछिल्लो समय कोरियामा डेल्टा भेरियन्ट सहित कोभिड संक्रमण दर उच्च भएपछी मन्त्रालयले सो सुझाव दिएको हो l

शिक्षा मन्त्रालयले आगामी सेप्टेम्बरबाट कलेजहरुमा दोस्रो सेमेस्टर शुरु हुने भएतापनि डेल्टा भेरियन्ट सहित कोभिड १९ संक्रमणको दर उच्च रहेका २६ देश बाट कोरिया प्रवेश नगर्न सुझाव दिएको हो l उसले भनेको छ कम्तिमा पनि ७० प्रतिशत कोरियाली जनताले खोप नलगाए सम्म बिदेशी बिधार्थी हाललाई स्वीकार्य हुने छैन l

योंघाप समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाले हाल सम्म ३४ .९ प्रतिशत पहिलो र १३ .५ प्रतिशत दोस्रो डोजको खोप लगाएको छ l आगामी सेक्टेम्बरको अन्त्य सम्म ७० प्रतिशत खोप लगाउने लक्ष पुरा हुने मन्त्रालयले बताएको छ l

तत्काल प्रवेशमा रोक लगाएका देशहरुमा: नेपाल , भारत ,दक्षिण अफ्रिका, मलावी, बोत्सवाना, मोजाम्बिक, इस्वातिनी, जिम्बाब्वे, बंगलादेश, ब्राजिल, सूरीनाम, पाराग्वे, चिली, उरुग्वे, फिलिपिन्स, इन्डोनेसिया, संयुक्त अरब इमिरेट्स, उज्बेकिस्तान, भियतनाम, रुस, लेबनान, मलेसिया, हाइटी, अंगोला, कुवेत र त्रिनिदाद र टोबागो छन l

मन्त्रालयका अनुसार पहिलो सेमेस्टरको लागी ३३ हजार ८ सय २६ बिदेशी बिधार्थी कोरिया प्रवेश गरेका छन् यो २०१९ को तुलनामा ८२ प्रतिशत कम हो l प्रवेश गरेका मध्ये हाल सम्म २ सय ५५ जनामा कोरोना भाइरस पुष्टि भैसकेको छ l

प्रतिक्रियाहरू