परदेशमा मित्रताको भूमिका , मेरो भोगाई

586

रात निशब्द सुतेको थियो,म भने निदाउन सकिरहेको थिइन निदाउन पनि कसरि सक्थे, अघिल्लो रात त हो संगै शुभरात्री भन्दै रातसँगै आखा चिम्लिएको साथि झिसमेसेले बिहानीको आखा खोले संगै मेरा आखा खुले तर साथीको आखा खुलेन |साथि सधैलाई अस्तायो ,साथीको यादहरुले चारैतिरबाट झम्टिरहेको थियो घरको स्वास्नी र निदाएकै अवस्थामा छोडेर आएको दुइ बर्षे छोरीको यादले पनि औधि सताइरहेको थियो ,कोठाका बत्ति खुल्लै थिए, साथीहरुपनि सुतेकै थिएनन ,मेरा कानमा साथीहरुको कल्याङ्ग कुलुङ आवाज ठोक्किरहेको थियो | बत्ति निभाइ दिए निदाउथे कि भन्ने चाहि लागिरहेको थियो, परदेश आएको धेरै समय पनि भएको थिएँन म नयाँ साथीहरु पुराना,फेरी परदेशमा नयाँ र पुराना बिचको बेग्लै नाता हुदोरहेछ महसुस हुदै थियो त्यसैले पनि बत्ति निभाउन अनुरोध गर्न समेत सकिन ,किनकि एक दुइ फेर मेरा यस्तै अनुरोध चर्को जवाफ सहित फर्काइसकेका थिए ,म पुन अपमानित हुन चाहिन |ओढ्ने हटाएर अनुहार अलिकति निकालेर भितामा झुन्द्याएको घडी पुलुक्क हेरे घडीले नया मिति र बार परिवर्तन गरिसकेको रहेछ अब चाहि सुत्नु पर्छ ठाने ,आखिर भोलि सुर्योदय अगावै उठ्नु थियो, काममा पनि त जानु थियो | छेउको मोबाइल लाइ अलि पर सारे लामो स्वास फेरे अनि अर्को पट्टि कोल्टे फेरे | कोल्टे फेर्दा दुइतल्ले फलामको खाट बाट कट्याक्क आवाज आयो |तल मोबाइल हेर्दै गरेको साथीले खाटको आवाज नसकिदै मलाइ थर्कायो ‘’बिस्तारो गर्न के गरेको ? ‘’|उसको कुराको बेवास्ता गरेर म निधाउने प्रयासमा निरन्तरीए ,तथापि मन मनमा चसक्क चाहि भएकै थियो |अर्को साथीलेभने तुरुन्तै जवाफ फर्काइ हाल्यो ‘’बिस्तारो बोल्न म फोनमा बोल्दै छु ”|”कति बाजेका यी कुकुर बिरालो जस्तो ”भन्दै मोबाइलमा फिलिम हेर्दै गरेको अर्को साथि झनै कट्कियो | एक आपसबिचको असमान र असम्मान मैत्रीक सम्बन्ध ले सानो सानो कुरामा पनि गर्विलो परिस्थिति जन्माउदो रहेछ,मनमनै महाशुस गरे | एकातिर बिरानो देशमा साथीको अवसान अनि मृतक पारिवारको करुणा क्रन्दन अर्को तर्फ सहवासी साथीहरुको तुच्छ बोलि हेपाहा ब्याबहार ,मन नै बुझाउन सकिन | यो मेरो पहिलो परदेश अनुभव भएर पनि होला जीवनको अन्तिम सत्य (मृत्यु) स्वीकार्न र बिनासित्ती साथीभाइहरुका यस्ता तुच्छ सब्द र चर्को स्वरहरु पचाउन सार्है गार्है पर्यो |
परदेशीका कुनै वैभवशाली आकाक्षा हुन्नन, निदाउन नदिएका केहि सपना पुरा गर्न , निन्द्रमा समेत आउने साहुको सपना वा आर्थिक अभावका कारण करवट बदलि बदलि नियतिले पारेको दखल बाट आर्जित भएर होस् या आर्थिक स्तरलाई मध्य बनाइ गरिएको सामाजिक बर्गिकरण बाट समानान्तर स्थान बनाउन ,बाध्यता जे होस् जब एउटा ब्याक्ति झोला बोक्छ ,दलेन् नाघ्छ पछाडी नफर्की आसु लुकाउदै परदेश लम्कन्छ |घरबाट निस्किएको ब्याक्ति जब बिरानो शहर र बिराना मानिसहरु संग समिप रहन बाध्य हुन्छ तब उसलाई पर्ने पहिलो र महत्वपूर्ण कुरा नै मित्रता हो र मित्र छनौट यो नै परदेश को अति कठिन मध्ये एक प्रमुख हो |परदेशका भाषा ,काम रहन सहन त गौण हुन् ,परदेशमा सबैभन्दा सारगर्भित मित्रता नै हुन्छ | परदेशको वसाइ शुखद र सफल बनाउन मित्र छनौटको उपयुक्ततामै निर्भर हुन्छ किनकि संगतको गुप्त /शुक्ष्म प्रभावले आदिम आचरणनै बदलिदिन्छ |एक आपसबिचको समान र सम्मानजनक ब्यबहार मित्रताका सुपरग्लु हुन् |बेमेल , बिजोड वा असमान र असम्मानजनक गरिने ब्यबहारले मित्रता बीच गर्विलो खाडल खन्छ जसको प्रतिफल उत्साह रहित जीवन ,तनाब ,कोलाहल ,एक्लोपन देखि डिप्रेसन सम्म पुर्याउदो रहेछ|कोरिया प्रवेशको छैठौ महिना नबित्दै मैले डिप्रेसन को यात्रा गरे रोगको पहिचान मेरो सामर्थ्य भन्दा बाहिर भयो ,मलिन अनुहार दुब्लाउदै गरेको सरिर देखेर साथीहरु बाटै रोगको पहिचान भयो उनीहरुकै सल्लाहामा म नेपाल फर्किए |माथि उल्लेखित सानो प्रतिनिधि उदारण मात्र हो |

मानिस आफैमा अपूर्ण छ ,आत्मारथी बाहेक हरेक सुख दुख माझ्न ,मनका भावना पोख्न , बिचार साट्न न्युनतम एउटा साथि अपरिहार्य छ व्याबहारिक जिबनमा होस् अझ भनौ परदेशी जीवनमा त झनै अत्यावस्यक हुदोरहेछ |पंचतन्त्रमा भनिएको छ ‘जो ब्याक्ति न्यायालय ,घाट ,र बिपत्ति को समय साथ् दिन्छ त्यहि हो असल मित्र |परदेश जीवनमा अकाल्पनिक बिपत्तिहरु अधिक आउने गर्छन मित्रहरु बीच एकापसको साथ्,सद्भाव ,र सहयोगले नै परदेशी जिबनको यात्रा सहज,सरल र सफल बनाउन सकिन्छ |परदेशमा नया र पुरानोको परिचय जीवित रहनु यो नै सबै भन्दा ठुलो भाइरस हो |उसलाई मेरो आवस्यक जति छ त्यतिनै मलाइ उसको आवस्यक छ यति सोचे एक आपस बीच साथ् र सहयोगको इच्छाशक्ति चुलिदै जान्छ |

प्रतिक्रियाहरू