नियमित उडान तथा नेपालमा रोकिएकाहरुलाई कोरिया पठाउन पहल गर्न जनसम्पर्क समितिले बुझायो प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

392

नेपाली जन सम्पर्क समिति दक्षिण कोरियाले कोरिया स्थित नेपाली दुतावास मार्फत प्रधानमंन्त्री सेर बहादुर देउवालाइ ज्ञापन पत्र बुझाएको छ l

लामो समय देखि नियमित उडान रोकिएको कारण नेपालीहरु कोरिया देखि नेपाल जादा र फर्किदा महँगो चार्टर उडानको मारमा परिरहेको अबस्थामा जनसम्पर्क समितिले छिटो भन्दा छिटो नियमित उडान खोल्नु पर्ने माग राख्दै ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो l

त्यसैगरी इपिएस मार्फत नेपालबाट कोरिया आउने सम्पूर्ण प्रक्रिया पुरा गरेर रोकिएका नेपालीहरुलाई कोरिया पठाउन पहल गरिदिनुहुन पनि ध्यानाकर्षण गराएको छ l

सिओल स्थित नेपाली दुतावसमै पुगेर ज्ञापन पत्र बुझाउदै कार्यबाहक राजदुतलाई राम सिंह थापालाई आइतबार दुतावास खोलेर नेपालीहरुलाई सुबिधा दिन पनि अनुरोध गरेको सभापति आस्था बिन्दु मल्लले बताउनु भएको छ l केहि बर्ष देखि हरेक आइतबार दुतावास खोलेर सुबिधा दिदै आएकोमा हाल उक्त सुबिधा बन्द गरिएको छ l

साथै लामो समय देखि नियमित उडान बन्द हुदा कोरियाबाट नेपाल जाने र फर्किने यात्रुले महँगो भाडा तिरेर चार्टर उडानको प्रयोग गर्न बाध्य छन् l ज्ञापन पत्र

 

प्रतिक्रियाहरू