कोरियाबाट सेराचौर संझिदा

209

हजार शव्दको बदलामा यो गाउको टोनि हेगनले ६०बर्ष अघि खिचेको एउटै फोटो काफि छ।सुन्दर फेवातालको शिरमा रहेको यस गाॅउको परिचय जतिलेखे पनि अपुरो रहन्छ।गाॅउको सामाजिक आर्थिक बिकासको तिव्रगतिलाई समेटने हो भने नेपालका हरेक गाउँहरूले बिकासको मोडेल खोज्न कॅहि जानु पर्दैन।
नेपालको गण्डकि प्रदेस कास्कि जिल्ला अन्नपुर्ण गाउपालिका वडा नंवर २साविक ढिकुरपोखरी गाविस ९ मा सेरचौर गाॅउ अवस्थित छ।पोखराबाट २३किमि नागडॅाडाबाट एक किमि तल झरेपछि सेराचौर पुगिन्छ। सेराचौर हुदै ठुलाचौर हर्पन र पञ्चासे, सेराचौर हुदै ढिकुरपोखरी हुदै अन्नपुर्ण पदमार्ग जाने पुराना बाटाहरु छन।
सेराचौरलाई कृषि सडकले सिधै पोखरासँग जोडेको छ।नागडॅाडलाई पक्कि ग्रामिण सडकले जोडेको हुनाले छिटो छरितो बजार आउजाउ गर्न पोखराबाग्लुङ राजमार्ग नै उपयोगि भैरहेको छ।
अलिना अधिकारीहरुको बाहुल्यता भएको यस गाउमा अधिकारी बंसको ऐतिहासिक लिखित दस्तावेज संग्रहित रहेको छ। अधिकारीहरुको बाहुल्य भयपनि छिटपुट भण्डारी,परियार,बिक,भुजेलको समेत बसोबास छ।करिव 2सय घरधुरी रहेको यस गाउँका सिरानघर,माझटोल,भण्डारी टोल,छेउटारी,शौरिनी मुख्य टोल हुन।पहिला पोखरा जोमसोम उडने हेलिकोप्टर आकस्मिक अवतरण गर्नु परेमा सेराचौरको बारीको गरामा अवतरण हुन्थे।अहिले भने साघुरो हुदै गएको छ।
फेवाताल जलाधार छेत्र अन्तर्गत ठुलो खोला माथि कडा चट्टानको भिर माथि दक्षिण पुर्व फर्किएको समतल भुभाग नै सेराचौर हो।पाहाडी बस्तीहरुमा सेराचौर प्रकृतिको बरदान नै हो।नजिकैबाट शहरोन्मुख नागडॅाडा बजार,ढिकुरपोखरी,पाउदुर,लाकुरबोट ,पञ्चासे तपोवन,पोखरा फेवाताल सम्मको मनमोहक दृश्यावलोकन लोभ लाग्दो छ।
ग्रामीण बिकासका अध्येताहरुको खोज अनुसन्धानको खुला संग्रालय पनि हुन सक्छ। एउटै बिशेषताले सेराचौरको परिचय प्रष्ट नहुन सक्छ।यो गाउँलाई मिहेनती मानिसहरूको गाउ भनिन्छ।अथक परिश्रम नै सेराचौर संवृधिको जग हो।
यो नेपालकै पहिलो वातावरण मैत्री घोषणा भएको वडा हो।कास्की जिल्ला खुला दिसा मुक्त अभियानमा पनि अग्रणी स्थानमा आएको गाउ हो।दुर्गाभवानी आदर्श आधारभुत बिद्यालय जिल्लाभरीकै उत्कृष्ट बिद्यालय हो।सरकारी बिद्यालय र नीजी बिद्यालय गाभेर समुदायिक गुणस्तरीय शिक्षा प्रदान गर्न नमुनाको रुपमा लिने गरिन्छ। 20 देखि 60बर्ष उमेर समुहमा अण्डर एस एल सि छैनन भन्दा फरक नपर्ला।
सबैभन्दा गज्जवको कुरा के छ भने सेराचौरलाई कास्कीको स्याङजा उपनामले चिनिन्छ।किनभने यॅहाबाट प्रायजसो घरका सरकारी सेवामा छन।उपसचिव, अधिकृत,डाक्टर,इन्जिनियर, प्राध्यापक लगायत उच्चकोटीका जनशक्तिले देस सेवा गरिरहेका छन।बिदेसमा पनि सेराचौरबासीको गन्तव्य बिकसित मुलुक नै हुने गर्दछ। खाडीमुलुक जानी संख्या औँलामा गन्न सकिने मात्र छ।अनुसन्धान नभयर हो शिक्षित बेक्तित्व भएको गाउ मध्य नेपालकै टपटेन भित्र पर्ने अनुमान गर्न सकिन्छ।
अईलेको सेराचौरको श्रेय अघिल्लो हजुर बा पुस्तालाई नदिनु अन्याय हुन्छ। तेतिबेलाको कृषि क्रान्तिका कथा लुम्ले कृषि केन्द्रबाट प्रकाशित प्रविधिसंगालोका पुराना अंकहरुमा पढन पाइन्थ्यो। गाउको कृषिकर्मले देसैभरी ख्याती कमाएको थियो।सेराचौर र हर्पन गाउमा उत्पादित ४०दिने मुलाको बिउले पुरै नेपाललाई पुगेको ईतिहास छ।पशुपालन उस्तै थियो।अईलेपनि दुध संकलन केन्द्रबाट सहकारी मार्फत पोखरा निर्यात हुन्छ। अईले पनि पाहाडमा सय मुरी धान उत्पादन गर्नि किसान सेराचौरमै छन।आलु, तरकारी,रायो साग ,गोलभेँडा बढि बिक्री हुने तरकारी हुन।खेतियोग्य जमीनको भरपुर लाभ लिएको छ।सबै जागिरे भयपनि छुट्टी मिलाएर भयपनि जग्गा बाझो नराख्ने यॅहाका नागरिकको प्रतिबध्दता छ। हालै नॅया प्रविधिबाट खेतिपातीमा उल्लेख्य सुधार आएको देख्न सकिन्छ।
सेराचौर समाजका बिभिन्न आयामहरूमा पनि अव्वल गाउ हो।ज्योतिष बिद्यामा कहलाएको छ।लोकगित संगित र कलाछेत्रमा होस उद्योग ब्यवशाय,राजनीतिमा पनि अग्रणी स्थानमा ऑउछ।सेना प्रहरी सङ्गठनमा पनि राम्रै पहुँचमा छ।सार्वजनिक संस्थान ,बैङकिङ र एनजीओ आइएनजिओमा पनि संलग्न छन।समुदायमा गठन भएका समुह सहकारीमा बचत तथा ऋण कारोबार भै रहेको छ।
प्रतेक टोलमा बाल क्लवले राखेका डस्टविन राखेका छन।निश्चित ठाउँमा फोहर बिसर्जन गरिन्छ। जसले गर्दा गाउँघर सॅधै चिटिक्क हुन्छ। छुट्टि हुदासाथ गाउमा आएका प्राईभेट कारहरु राख्न कहिलेकॉहि पार्किङको समस्या पर्ने गरेको स्थानिय बताउछन। यसले सेराचौरको संपन्नताको स्पष्ट संकेत पाउन सकिन्छ।
सेराचौर गाउको छिरलिएको खिच्नै नसकिने तस्वीर पनि छ।प्रायजसोका पोखरा काठमाण्डौमा घर छन।जॅहाभयपनि जन्म गाउँघर सेराचौर प्राण भन्दा प्यारो छ।बेलायतको युनिभर्सिटीका प्राध्यापक सेराचौरमा डण्डिबियो खेलाईरहेको, पृथ्वीनारायण क्याम्पसका प्रध्यापकले हलो जोतिरहेको,सरकारी बिभागका निर्देशकले कोदो गोडिरहेको, प्रशासकिय अधिकृतले छुट्टीमा ऑउदा मह काढिरहेको दृश्य कुनै अनौठो लाग्दैन।
सेराचौर ऑफैमात्र संपन्न भयर सुख छैन।सेराचौर माथि गम्भीर प्रश्न पनि छन।ठुलाखोलामा बिद्युत निकालेर आफ्नै उज्यालो किन नगर्ने? लिफ्टिंग गरेर पानी नतान्ने हो भने साधरेको भरले मात्र तिर्खा मेटिएला?बस्ति बिकास र बिस्तारको योजना खोई?कृषि सडकको कालोपत्रे गर्न योजना पार्नु किन नसकेको?माछापुच्छ्रेलाई बहुउद्देशीय प्राविधिक बिद्यालय नबनाई भोलीको सेराचौर कस्तो होला?जग्गाको चक्लाबन्दी को साथमा सामुदायिक कृषिफार्मको स्थापना नहुनुले सेराचौरलाई गिज्याइ रहेको छ।अझै होमस्टेले गति नलिएको किन होला?खेल मैदान छैन भनेर कतिञ्जेल लेख्ने?गाउमै रोजगारी दिने उद्योग नबनाई दिगो बिकासको आधार के होला?यि लगायत अनगिन्ति प्रश्नमा बहस केन्द्रित गर्न सके सेराचौर नेपालको नमुना गाउ हुन सक्छ।
जति टाढा उति गाढा भने झै सेराचौरको संझाना आइरहन्छ। एउटै वडा भएकोले मात्र होईन। प्रतेक घर नाता ईष्टमित्र ले जोडएका छन।सॅगै खेले पढेका सॅगि साथि सेराचौरमै धेरै छन।माछापुच्छ्रे बिकास संघको कर्मचारी हुदा सेराचौरमा पसिना पोखिएको पनि छ। चर्पि,चुलो,टनेल,समुह सहकारीहरू स्थापना गर्ने अवसर पाईयो। स्वास्थ्य स्वयम सेविका ,समाज परिचालक मिलेर हरेक महिना जोखिएका बच्चा डाक्टर इन्जिनियर भैसके होलान? नॅया पुस्ता आइसक्यो होला ?तिनले चिन्दैनन होला?पक्कै तॅपाईहरुले बिर्सनुभएको छैन।मैले पनि सम्झिरहेको छु ।हाम्रो प्यारो सेराचौर। भविश्य हाम्रो हातमा छ।

प्रतिक्रियाहरू