कोरियमा तिजको सान्दर्भिकता

186

नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ रहेका छन् भने कतिजना दर्शक बनेर अप्रत्यक्ष सहभागि भइ नै रहेका छन् । यसपाली कोरोना महामारीका कारण विगतमा जस्तो सामूहिक जमघटको ठूलठूलो चहल पहल नभएपनि घर घरमा तीज सलबलाई रहेको छ । सामाजिक संजालमा महिलाहरु रातै पहिरण र गहनाले रंगीन थालेको छ ।

प्रदेशमा बस्ने नेपाली पनि के कम । जति नै व्यस्त भएपनि आफ्नो संस्कार रसंस्कृतीबाट कहाँ टाढा हुन सकिन्छ र । विश्वभरी छरिएर रहेका नेपाली महिलाहरु मात्र हैन पुरुष पनि सामेल भएर खानपिन गर्ने र नाचगान गरी मानाउने चलन पुरानै हो । स्वादेशमा मात्र हैन विदेशमा पनि कोरोनाका कारण धेरै जना एकै ठाउँ भेला हुन सम्भव छैन । कोठा कोठामा केही दिदी बहिनी र दाजु भाईको समूहमा दर खाने गरेको तस्वीरहरु सामाजिक संजालमा छरिन थालेका छन् ।

विदेशमा झट्ट हेर्दा तीज महिलाहरुको पहिरण र गहनाको प्रदर्शन गर्ने पर्व जस्तो लाग्छ । विदेशमा धेरै जनाले यस्को धार्मिम पक्षलाई अनुसरन गर्दैन्न् । यही एक दिनको लागी लाखौ खर्च गर्छन महिलाहरु । बर्षै भरी दराजमा थन्कीने कपडा र गहना यही दिनको लागि हुने गर्छ । दराजमा राखिएका कपडाहरु नयाँ नै हुदा हुदै पनि फेरी यो वर्षको लागि अर्कै डिजाइनको कपडा र गहना महिलाहरुको चाहनामा पर्छन । गहना र कपडा मार्फत आफ्नो हैसियतलाई प्रदर्शन गर्ने अप्रत्यक्ष होडवाजी विदेशमा पनि कम छैन । महिलाहरुमा अन्तरनीहित यस्ता होडबाजीले महिलाहरुलाई नै ग्लानीबोधको शिकार बनाउने गर्छ । हुन त यो नेपाली समाजको एक भ्रमपुर्ण गलत सोचाईको उपज नेपाली संगै प्रदेशमा पनि पुग्ने नै भए ।

कोरियामा नेपाली राजदूताबासको सन २०१९ को तथ्यकं अनुसार महिलाको संख्या ४ हजार ८ सय देखाएको छ । जसमा विद्यार्थि ६ सय ३४ र कोरियन नागरीकसंग विवाह गरेका ६ सय १४ जना तथ्यंक उल्लेख गरिएको छ । इपिएस मार्फत काम गर्न आएका महिलको संख्या २ हजार १ सय ७६ जना सबैभन्दा बढी देखाएको छ । करिब डेड वर्ष अघिको तथ्यंक भन्दा हाल कोरियामा नेपाली महिलाको संख्या बुद्धी भएको छ । विद्यार्थी, विवाह गर्ने र पारीवारीक भिषामा कोरिया भित्रिएका महिलाहरुको संख्या पनि बढेको छ । यसरी हेर्दा पाँच हजार भन्दा बढीको संख्यामा नेपाली महिलाहरु कोरियामा रहेको अनुमान गर्न सकिन्छ ।

कोरियामा नेपालीहरुको राजधानीकोरुपमा परिचित सउलको दोइ०देमुनमा नेपाली संघसंस्थाले विगतमा तीज कार्यक्रम गर्दै आएका छन् । विषेश गरी महिलाहरुको संस्था ओमेन फर आमेनको तीज कार्यक्रम एक मुख्य कार्यक्रम बन्ने गर्छ । रजदूताबासका पदाधीकारीदेखि गन्यमान्य व्यक्तित्वको साथमा नेपाली दिदीबहिनीहरु भेला भएर कार्यक्रम गर्ने गर्छन । त्यसैगरी विभिन्न संघ संस्थाले पनि आफ्नो पायक पर्ने ठाउमा भेला भएर दरखाने कार्यक्रम गर्दै आएकै छन् । तर ती कार्यक्रममा खानपीन र नाचगान बाहेक थप केही पनि हुदैन । जसले नेपाली पहिरण, गहना , मौलिक खाना र सांस्कृतीक पक्ष मात्रै समेटेको जस्तो लाग्छ ।

तर तीज कार्यक्रमलाई सृजनामुखी बनाउने सोच अहिलेसम्म कसैको पनि देखिएको छैन । तीज विषेश गरी महिलाहरुको लागि र महिलाहरुको नै सहभागीता हुने कार्यक्रम हो । नेपाली महिलाहरुको लागि तीज एक सुवर्ण मौका हो । महिलाहरुमा अन्तरनीति प्रतिभालाई उजागर गर्ने एक सुवर्ण मौकाको रुपमा तीजलाई सदुपयोग गर्न सक्छौ । तीजको धार्मिक र सांस्कृतीक पक्षसंगै जोडेर महिला प्रतिभालाई प्रोत्साहन गर्न सक्छौ । अनावाश्यकरुपमा गहना र लत्ता कपडामा गरिने खर्चलाई संकलन गरी सामाजिक कार्यमा लगाउन सक्छौ । यस्ता फजुल खर्चलाई सदुपयोग गरी महिला उत्थानको लागी खर्च गर्न सक्छौ ।

उहिले तीजमा गीत संगीत मार्फत महिलाको पीडा उजागर गर्ने माध्यम बनेको थियो भने माइतिसंगको सामिप्यता यसको अर्को महत्व थियो । तर आजकल महिलाको पीडा उजागर गर्ने माध्यम धेरै भइसके, । माइति संगको सामिप्यताको लागि तीज नै कुर्नु पर्दैन । समयले फट्को मारे संगै हामीले पनि हाम्रो सान्दर्भीक्तालाई बुझन आवश्वश्यक छ । कोरिया जस्तो विकसीत देशमा बसेर हामीले आर्जन गरेको ज्ञान, शिप र प्रतिभालाई उजागर गरी विश्वमा परिचित गराउनका साथै नेपाली महिला उत्थानको लागि सामाजिक कार्य गर्न सकिने अवसरको रुपमा तीजलाई मनाउनु आजको सान्दर्भिकता हो ।

प्रतिक्रियाहरू