कोरियाको ह्वासंग बन्दि गृहमा एक नेपाली बिगत २ बर्ष देखि बन्दि अबस्थामा , भन्छन कहिँ कतै बाट सहयोग पाइन

1798
Man in prison hands of behind hold Steel cage jail bars. offender criminal locked in jail.

दक्षिण कोरियाको ह्वासंग स्थित बिदेशी बन्दि गृहमा बिगत २ बर्ष देखि बन्दि  जीवन बिताइरहेका एक नेपालीको अबस्था पिडित भएको छ l उनलाई नेपाली संघ संथा तथा दुतावासले उचित  सहयोग नगरेपछि अबस्था थप अन्योलमा परेको हो l सन् २०१८मा कोरिया प्रवेश गरेका नेपाल घर इलामका २७ बर्षीय निरौला थर भएका एक युवा कम्पनीको लापरवाहीको कारण हाल २ बर्ष देखि जेल जीवन बिताउन बाध्य छन् l
उनि काम गर्दै गरेको कम्पनीमा दुर्घटनामा परेपछि सोहि कम्पनीले उनलाई अबैधानिक बनाइदिएको थियो l उनि न्यायको लागी लड्ने क्रममा पक्राउ परेका थिए l हाल सम्म सोहि केसमा उनि जेलमै छन l
हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा पिडित निरौलाले भने ” भाषा राम्रो संग नआउने तथा यहाको नीतिनियम बारेमा नजान्दा अध्यागमन बाट पक्राउ परि बन्दि गृहमा बस्न बाध्य छु l ठुलो सपना बोकेर कोरिया आएको थिए तर के गर्नु अभागी रहेछु l घर परिवारमा आमा संग हप्ताको एक पटक मात्र कुरा गर्छु l हप्ताको एक पटक ३० मिनेट जति इन्टरनेट चलाउन पाइन्छ त्यही बेला कुरा गर्ने गरेको छु ‘ उनले भने
उनि हाल दुर्घटना बाट केहि अपांग समेत भएका छन् l त्यसैको लागी मुद्वा चलेकोले अहिले स्वदेश फर्किने अबस्था नभएको बताउछन l उनले कोरिया स्थित नेपाली दुतावास तथा बिभिन्न संघ संस्थामा सहयोगको लागी पटक पटक अपिल गरेपनि उचित  सहयोग प्राप्त गर्न नसकेको बताए l
उनको भनाइ अनुसार कोरियन वकिल संग कोरियन भाषामा राम्रोसंग कुराकानी गर्दिने कोहि नेपाली भए आफु त्यहाबाट मुक्त हुने सम्भावाना रहेको बताउछन l
पुनश्च :पिडितले आफ्कोनो केस हेरिरहेको कोरियन वकिलको फोन नम्बर हेल्लो नेपाल कोरिया डट कमलाइ उपलब्ध गराएको हुनाले कोरियन नीति नियम र सरोकार राख्ने कोहि नेपाली भए इनबक्स मार्फत उक्त नम्बर तपाइहरुलाई उपलब्ध गराउन सक्नेछौ l – सम्पादक

प्रतिक्रियाहरू