हामी नेपाली ग्लाेबल काेरियाकाे २ वर्ष

135

काेरियामा हामी नेपाली ग्लाेबल स्थापनाकाे दुइ वर्ष पुरा भएकाे छ । राजनीतिक, धार्मिक तथा जातिय आस्थबाट माथि रहेका काेरियावासी नेपालीहरूलाइ एकजुट बनाउँदै शुरू गरिएकाे अभियानले २ वर्षे कार्यकाल पुरा गरी दाेश्राे कार्यसमितिले पुन काम शुरू गरिसकेकाे छ । नेपालीहरूमाझ सुखदुखमा एक आपसमा सहयाेग गर्दै २ वर्षे कार्यकाल पुरा गरी अध्यक्ष अम्बिका डिसीकाे अध्यक्षतामा पुन दाेश्राे कार्यसमितिले आफ्नाे कार्यकाल शुरू गरेकाे हाे ।

बिश्वभर छरिएर रहेका राष्टप्रेमी नेपालीहरु, राष्टियतालाई शिरोधार्य गर्दै सगरमाथाको शानलाई बिश्वमाझ चिनाउन कर्म र पसिना बगाइरहेका विभिन्न लिंग, जात, धर्म तथा राजनीतिक आस्थाबाट माथी उठेर कर्मजिवी नेपालीलाई सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने संस्थाको मुल उद्देश्य रहेकाे छ ।

संयुक्त राज्य अमेरिकाकाे न्युयाेर्कमा संस्थाकाे स्थापना भएकाे थियाे । हालसम्म संस्थाकाे ४३ देशमा शाखा विस्तार भइसकेकाे छ । साथै नेपालीहरूकाे उपस्थिति रहेकाे अन्य देशहरूमा पनि विस्तारकाे काम तिव्र रूपमा भइरहेकाे हामी ग्लाेबलकाे केन्द्रिय अध्यक्ष अमृत  लामाले जानकारी दिनुभएकाे छ । हाल काेराेना भाइरसका कारण शाखा विस्तारकाे कार्यमा केही समय ब्रेक लागेकाे भए पनि हामी नेपाली ग्लाेबलकाे शाखा विस्तार संसारमा नेपालीहरू उपस्थित भएकाे सबै ठाउँमा विस्तार गरिने याेजना रहेकाे अध्यक्ष लामाले बताउनुभयाे । नेपालमा जन्मेर नेपालकाे आर्थिक समृद्दिकाे लागि उत्पादनमुलक कामहरू गरेर राेजगारी सृजनासम्मकाे याेजना रहेकाे बताउँदै अध्यक्ष लामाले सबै याेजनाहरू कार्यन्वयनमा विभिन्न देशमा हेका नेपालीहरूसँग समन्वय गर्दै जाने पनि जानकारी दिनुभएकाे छ । साथै हामी नेपाली ग्लाेबल संस्थालाइ नेपालीहरूकाे सबैभन्दा ठूलाे संस्था बनाउने उदेश्य रहेकाे पनि बताउनुभयाे । ।

काेरियाकाे कार्यसमितिले पनि विस्तारै आफ्नाे गतिविधिलाइ व्यापक बनाउँदै लगेकाे छ। काेराेनाकाे संकटकाे बेलामा राप्ति आँखा अस्पतालमा १० हजार प्रति मास्क वितरणदेखि लिएर विभिन्न समयमा अध्यक्ष अम्बिका डिसीकाे व्यक्तिगत पहलमा पनि सहयाेग कार्य हुँदै आएकाे छ । उहाँ काेराेना नियन्त्रणका लागि आफ्नाे समुदायमा याेगदान दिएबापत हामी नेपाली ग्लाेबल, न्युयाेर्कबाट काेभिड १९ हिराे अवार्डबाट समेत सम्मानित हुनुभएकाे छ । अध्यक्ष डिसीले काेरियामा काम गरिरहेका नेपाली दाजुभाइहरूलाइ बिरामी पर्दा, कम्पनी परिवर्तन गर्दा, भाषाकाे समस्या पर्दा लगायत विभिन्न समयमा हरदम सहयाेग गर्न तत्पर रहि सहयाेग गर्दै आउनुभएकाे छ । आगामी दिनहरूमा पनि आवश्यक परेकाे बेलामा संस्थागत हाेस् वा व्यक्तिगत निरन्तर रूपमा सकेकाे गर्ने पनि उहाँले बताउनुभयाे ।

प्रतिक्रियाहरू