कोरियामा कोरोना भ्याक्सिन लगाउनेको संख्या ३५ मिलियन नाघ्यो, दोस्रो डोजलाइ तिब्रता दिने

233

दक्षिण कोरियामा कोरोना भ्याक्सिनको पहिलो डोज लगाउनेको संख्या ३५ मिलियन नाघेको छ l कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार बिहिबार सम्म ३ करोड ५४ लाख  अर्थात कुल जनसंख्याको ६९ प्रतिशतले पहिलो डोजको भ्याक्सिन पुरा गरेका छन l

हाल सम्म दुवै डोज पुरा गर्नेको संख्या ४२ प्रतिशत छ l सरकारले दोस्रो डोजको भ्याक्सिन बुकिंग नगरेका अथवा कारणबस छुटेका जनतालाई शुक्रवारदेखि पुनः बुकिंग खुल्ला गरेको बताएको छ l त्यसैगरी दोस्रो डोजको खोप कार्यक्रमलाइ तिब्र पार्न दुइ भ्याक्सिन बिचको समय अबधि छोट्याउने बताएको छ l

यस भन्दा पहिला तोकिएको फाइजर र मोर्डेना दुइ भ्याक्सिनको अबधि ६ हप्तालाई घटाएर ३ देखि ४ हप्ता बनाउने बताएको छ साथै अष्ट्राजेनेका को अबधि ११ हप्तालाई घटाएर ६ देखि ७ हप्ता बनाउने तयारि गरेको छ l

प्रतिक्रियाहरू