कोरियामा छुसकको बिदा सकिए लगत्तै कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो

292

दक्षिण कोरियाली चाड छुसकको लामो बिदा सकिए लगत्तै कोरोना संक्रमितको संख्या अत्यधिक बढेको छ l कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शुक्रबार नयाँ संक्रमितको संख्या २ हजार ४ सय ३४ जना पुगेको छ l
यो संगै कोरियामा दैनिक संक्रमितको संख्या अहिले सम्मकै उच्च हो l यस भन्दा पहिला अगष्ट १० तारिखमा सबैभन्दा धेरै २ हजार २ सय २१ रहेको थियो l

छुसकको लामो बिदाको अबसरमा मानिसहरुको अत्यधिक चहलपहल भएको कारण यो संख्या अझै थपिने अनुमान गरिएको छ l सरकारले उक्त समयमा सामाजिक दुरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो l
बिदाको अबसरमा लाखौ मानिसहरु आफ्नो घर फर्किएकोले संक्रमितको संख्या ह्वातै बढ्ने स्वास्थ्य अधिकारीहरुले पुर्व अनुमान समेत गरेका थिए l

शुक्रबार थपिएका कुल संक्रमित मध्ये २ हाजार ४ सय १६ जना स्थानीय संक्रमित छन भने बाकि बाहिर बाट संक्रमित भै आउनेको संख्या छ l बिदाको अबसरमा मानिसहरुको अत्यधिक आवत जावत भएको कारण शुक्रवार थपिएका संक्रमित मध्ये ४० प्रतिशतको लोकेसन ट्रास गर्न नसकेको रोग नियन्त्रण विभागले जनाएको छ l

कोरियामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम संगै सरकारले खोप कार्यक्रमलाई पनि तिब्र गतिमा अगाडी बढाएको छ l हाल सम्म ७० प्रतिशत भन्दा धेरैले पहिलो डोजको खोप लगाइसकेका छन भने दुवै डोज लगाउनेको संख्या ४२ प्रतिशत नाघेको छ l सरकारले दुइ डोज बिचको समयाबधिलाई छोट्टयाएर भएपनि दोस्रो डोजलाइको कार्यक्रमलाई तिब्र पार्ने बताएको छ l

प्रतिक्रियाहरू