कोरियामा छुसक बिदा पश्चात कोरोना भाइरसले पुनः माहामारीको रुप लियो

304

दक्षिण कोरियामा ३ दिने छुसक बिदा सकिए लगत्तै कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ lकोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ संक्रमितको संख्या ३ हजार २ सय ७३ जना पुगेको छ lयो संगै कोरियामा दैनिक संक्रमितको संख्या पहिलो पटक ३ हजार नाघेको छ l
गत सोमबार देखि शुरु भएको छुसकको ३ दिने बिदाको अबसरमा मानिसहरुको अत्यधिक चहलपहल भएको कारण यो संख्या अझै थपिने अनुमान गरिएको छ l सरकारले उक्त समयमा सामाजिक दुरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो lबिदाको अबसरमा लाखौ मानिसहरु आफ्नो घर फर्किएकोले संक्रमितको संख्या ह्वातै बढ्ने स्वास्थ्य अधिकारीहरुले पुर्व अनुमान समेत गरेका थिए l
शुक्रबारको तुलनामा शनिवार कुल संक्रमितको संख्या ८सय ३९ले बढी हो l शनिबार थपिएका कुल संक्रमित मध्ये ३ हजार २ सय ४५ जना स्थानीय संक्रमित छन भने बाकि बाहिर बाट संक्रमित भै आउनेको संख्या छ l
बिदाको अबसरमा मानिसहरुको अत्यधिक आवत जावत भएको कारण संक्रमितको लोकेसन ट्रास गर्न असहज भएको रोग नियन्त्रण विभागले जनाएको छ l
कोरियामा कोरोना संक्रमितको संख्या बढ्ने क्रम संगै सरकारले खोप कार्यक्रमलाई पनि तिब्र गतिमा अगाडी बढाएको छ l हाल सम्म ७० प्रतिशत भन्दा धेरैले पहिलो डोजको खोप लगाइसकेका छन भने दुवै डोज लगाउनेको संख्या ४२ प्रतिशत नाघेको छ l सरकारले दुइ डोज बिचको समयाबधिलाई छोट्टयाएर भएपनि दोस्रो डोजलाइको कार्यक्रमलाई तिब्र पार्ने बताएको छ l

प्रतिक्रियाहरू